क्षेत्र १ मा माओवादी र काँग्रेसका नेताले भने, ‘ढुक्क भएर गठबन्धनका उम्मेदवार जिताउन चुनावमा खटिन्छौँ’


कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्ताधारी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रविच गठबन्धन अनुरुप कञ्चनपुर निर्वाचन क्षेत्र १ मा काँग्रेस, माओवादी नेता कार्यकर्ताले गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जोहर गरेका छन । माओवादी र काँग्रेसले क्षेत्र १ मा छुट्टाछुट्टै आब्हान गरेको बैठकमा दुवै पार्टीका नेता कार्यकर्ताहरुले ढुक्क भएर गठबन्धनलाई चुनावमा जिताउने एकमतमा आवाज उठाएका छन । संविधानको हत्या गर्दै प्रतिगमन बिरुद्धमा भएको गठबन्धन अहिले मुलुक र जनताको आवश्यकता भन्दै सोही अनुरुप एकजुट एक ढिक्का भएर चुनावमा होमिनुपर्ने बताएका छन ।
नेपाली काँग्रेस क्षेत्र १(ख)का सभापति समेत रहेका युवा नेता चेतन कुमार राईले वर्तमान परिवेस अनुरुप ढुक्क भएर काँग्रेसले गठबन्धनका साझा उम्मेदवार जिताउनका लागि एकमत देखिएको बताए । ‘नेपाली काँग्रेस १(ख) र (क)को बैठकले आगामी निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता भएको छ, ‘उनले भने, ‘सबै नेता कार्यकर्ता उत्साहित हुँदै एकजुट भएर चुनावमा होमिने घोषणा गरेका छन ।’नेकपा माओवादी केन्द्रका युवा नेता दिपक तिमिल्सेनाले माओवादी केन्द्र क्षेत्र १को बैठकले समेत वर्तमान राजनीतिक परिस्थिमा एकजुट भएर बाम लोकतान्त्रिक गठबन्धमा उम्मेदवार जिताउने प्रतिबद्धता भएको बताए ।
माओवादी केन्द्रको सिङ्गो निर्वाचन क्षेत्र १का नेता कार्यकर्ताले बाम लोकतान्त्रिक गठबन्धनका तीनै उम्मेदवार भारीमतका साथ जिताउन फिल्डमा खटिने प्रतिबद्धता जाहेर गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १मा संघीय तर्फ बिना मगर, १(क) बन्धु राना र (ख)मा दिवान सिह विष्ट उम्मेदवार रहेका छन ।

ताजा समाचार

spot_img