कञ्चनपुर : आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३(क) बाट दिवान आग्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन । आग्रीले ३(क) प्रदेश सभाबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । प्रदेश सभा सदस्यमा दोस्रो पटक उम्मेदवारी दिएका आग्रीले झण्डै दुई दशक अघि नेपाल–भारत सिमा गड्डाचौकीमा प्रवेशद्धार निर्माणका अभियन्ता हुन । १५ पुष २०६० सालमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा गेट निर्माण शुरु गरेका थिए । गेटका लागि दुवै पिलर निर्माण गरेका उनले आर्थिक अभावका कारण पुरा गर्न सकेका छैनन । ढिलोगरी ५/६ बर्ष अघि मात्रै भारततर्फ भारतीय सरकारले प्रवेशद्धार निर्माण गरिसकेको छ । तर, १९ बर्ष अघि आग्रीले प्रवेशद्धार निर्माणका लागि शुरुवात गरे पनि अधुरै छ ।

गड्डाचौकीबाट झण्डै ३ सय ८५ किलोमिटर दुरीमा रहेको दिल्ली नेपालीको रोजगारीको गन्तव्य हो । स्वतन्त्र उम्मेदवार आग्रीले निर्वाचन जिते पनि हारे पनि प्रवेशद्धार निर्माण गरि छाड्ने बताए । ‘यही नाका भएर दैनिक हजारौँ मानिस रोजगारीका लागि भारत जान्छन, ‘आग्रीले भने, ‘नेपाल प्रवेस गर्दा राष्ट्रको प्रतिष्ठा राख्न प्रवेशद्धार निर्माणको कार्य शुरु गरेको भए पनि तत्कालिन माओवादीले बनखेत स्थित मेरो घरमा बम बिष्फोटन गराए पछि आर्थिक कारणले पुरा भएन ।’ आग्रीले रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्ट्राचार रहित समाजको प्रतिबद्धता सार्वजनिक गरेका छन ।

‘म चुनाव जितेपछि राज्यले दिने सेवा सुविधा लिदैन, ‘उनले भने, ‘पुरै तलव भत्ता समाजसेवा र अनाथ बालबालिकामा खर्च गर्छु ।’ देशभरी स्वतन्त्रको लहर चलिरहेको बताए । ‘क्षेत्र ३(क)बाट म मात्रै स्वतन्त्र उम्मेदवार हुँ, ‘उनले भने, ‘अन्यले पार्र्टी बाट टिकट नपाएपछि पार्टीको रिसले उम्मेदवारी दिएका छन, त्यो बागी उम्मेदवारी मानिन्छ ।’ चुनाव चिन्ह पाए संगै प्रचारका लागि गाँउ गाँउमा जाने बताए । पत्रकार सम्मेलनमा नागरिक तथा बृद्धिजिविहरुले शुभकामना ब्यक्त गरेका थिए । उक्त क्षेत्रका आम जनताहरु दलहरु बाट आक्रान्त भएका बेला आग्रीको स्वतन्त्र उम्मेदवारीलाई चासोको रुपमा हेरेका छन ।







