बर्षातले धानबालीमा क्षति जनजिवन अस्थव्यस्थ


कञ्चनपुर : मनसुन सकिएलगत्तै कञ्चनपुर लगायत सुदूरपश्चिममा अबिरल बर्षातका कारण धानबालीमा क्षति पु¥याउनुका साथै जनजिवन नै अस्थव्यस्थ बनाईदिएको छ ।
अबिरल बर्षातका कारण पहाडी जिल्लामा बाढीपहिरो र तराई कैलाली, कञ्चनपुरमा डुवान तथा कटान भईरहेको छ । दशौँ लगत्तै आएको बर्षा अझै रोकिएको छैन । निरन्तर नरोकिएरै बर्षा हुँदा मानिसको दैनिक जनजिवन समेत पूर्ण प्रभावित पारिदिएको छ ।
कैलाली कञ्चनपुरमा रहेका साना तथा ठुला नदी नालामा पानीको सतह बृद्धि भएसंगै गाँउबस्ती डुवानमा परेका छन ।


पाक्नै लागेको धान भित्र्राउन नपाउँदै बर्षा भएपनि धानबाली समेत भिजेर नष्ट भएको छ । बर्षभरी खान लाउने धानबाली नष्ट भएपछि किसान मारमा परेका छन । सुदूुरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गका ठाँउ ठाँउमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ । लामो समयपछि असोज तेस्रो साता असारकै झक्कोदिने गरी परिरहेको बर्षातले मानिसलाई ठाँउको ठाँउमा जाम राखेको छ । कञ्चनपुरका स्थानीय किसान नेता पदम सुनारले बर्षातले साना किसान बढि मारमा परेको बताए ।

अबिरल बर्षातले नदी तथा खोलामा पानीको सतह बृद्धि हुँदा उर्बराभूमि समेत कटानी भईरहेको छ । कतै डुवान त कटानीको मारमा कञ्चनपुर रहेको छ । पछिल्ला बर्षहरुमा चुरे बिनासदेखि मानविय कृयाकलापबाट प्रकृति दोहनले विपद् निम्तिरहेको छ । विपद्बाट बाँच्नका लागि सरकारी निकायले आवश्यक योजना ल्याएर कार्यान्वयनमा जोडदिनुपर्ने जानकारको भनाई छ ।


Loading Viewer...

ताजा समाचार

spot_img