प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी


कञ्चनपुर : उम्मेदवारी खारेजीको माग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उम्मेदवारी दर्तामा देउवाको मतदाता नामावली र नागरिकताको जन्ममिती फरक देखिएपछि देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको लागी उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिती ३१ जेठ २००३ रहेको छ। मतदाता नामावलीमा भने उनको ३१ जेठ २००२ लेखिएको भेटिएको छ। कर्णमल्ल नेकपा(एमाले) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनले प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजिको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्। आइतबार प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन दर्ता गराउन उनकी पत्नी आरजु राणा देउवा डडेल्धुरा पुगेकी थिइन्।


Loading Viewer...

ताजा समाचार

spot_img