क्षेत्र १मा एमाले संघ तर्फको टिकट विवाद उत्कर्षमा

पातलको संघमा टिकट नभए सामुहिक राजिनामा दिने घोषणा


कञ्चनपुर :  कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमाले संघ तर्फको टिकट विवाद चरम उत्कर्षमा पुगेको छ । एमालेबाट संघ तर्फ सिफारिस भएका बीर बहादुर थापा(पातल)लाई प्रदेशमा टिकट दिएसंगै विवाद चुलिएको हो । एमाले पुर्नवास, बेलौरी, बेलडाँडी र लालझाडीका नेताहरुले पातललाई जुन तहमा सिफारिस गरिएको छ, त्यहीमा टिकट नदिए पार्टीबाट बिद्रोह गर्ने चेतावनी दिएका छन ।

थापा पक्षधरले अवसरवादीलाई पार्टीले काँखी च्यापेर पाटीका फुटको संघारमा रहेका बेला शतिशाल भएर उभिने नेता थापामाथि घात भएको भन्दै टिकट वितरणमा ब्यापक बिरोध गरेका छन । एमाले नेताहरु रामचन्द्र नेपाल, पदम पुजारा, मोहन गिरी, कल्पना गिरी सहितका नेताहरुले पदका लागि पार्टी छाडेर समाजवादी जाने मन्त्री पट्काउने, मन्त्री पद गएपछि पुन एमालेमा आएर पद हत्याउनेलाई नै टिकट दिएको भन्दै उनीहरुले पातलको टिकट सघमा सुनिश्चित नभए स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल गरेका छन । थापामाथि घात भएको भन्दै पार्टी नेतृत्वले पुर्नविचार गर्नुपर्नेमा जोडदिएका छन ।


ताजा समाचार

spot_img