एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगरको अध्यक्षमा भट्ट


कञ्चनपुर : एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन ।
शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगरको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा भट्ट चयन भएका हुन ।

उपाध्यक्ष नवराज जोशी, जगत सुनार, वविता दाहाल, सचिव मनिराज सार्की, कोषाध्यक्ष धर्मराज पाण्डेय चयन भएका छन । सदस्य लोकराज जोशी, प्रकास चन्द, मिनासुरी कार्की, शंकर विष्ट, धर्मराज नाथ, दिलिप सिह भण्डारी, जनकराज जोशी चयन भएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगरको अध्यक्षमा चयन भएका बिरेन्द्र प्रशाद भट्टले शिक्षकको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य रमा पन्तको प्रमुख आथित्यमा भएको कार्यक्रममा शिक्षक संघ संगठनका पदाधिकारीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img