कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा यही असोज २७, २८ र २९गते क्षेत्रीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बेलौरी नगर पालिका वडा नं ४ को मुख्य प्रायोजन र बेलौरी नगर पालिका वडा नं ४ मा अवस्थित श्री उग्रतारा बाल बिद्यालय तथा बेलौरी व्याडमिन्टन क्लबको सयुक्त आयोजनामा खुला व्याडमिन्टन (डबल) प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको आयोजना तिब्र गतिमा भइरहेको बेलौरी व्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट करिब २० टिमले सहभागिता जनाउने आयोजनले बताएको छ ।
क्षेत्र नं १ मा व्याडमिन्टन खेलाडी उत्पादन गर्ने र यस खेल प्रति युवाहरुको आर्कषण बढाउने उदेश्यले उग्रतारा बाल बिद्यालयले बि.सं २०७१ साल देखी निरन्तर रुपमा व्याडमिन्टन प्रतियोगिता गर्दै आईरहको छ । बिगत २ बर्ष कोरोना महामारीका कारण सो प्रतियोगिता गराउन नसेकेको भए पनि यस बर्ष फेरी निरन्तरता दिन लागेको उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिंह बिष्टले जानकारी दिए ।
“बिगतका बर्षहरुमा उग्रतारा बाल बिद्यालयको एकल प्रयासमा व्याडमिन्टन प्रतियोगिता हुने गरेको भए पनि यस बर्ष बेलौरी ब्याडमिन्टन क्लबपनि हामी संग सहकार्य गर्न आएको छ । अब हाम्रो सयुक्त आयोजनामा प्रतियोगिता हुने छ, भने बेलौरी नगर पालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन ढकालले पनि खेल हामी सबैको जीवनमा आवश्यक रहेको भन्दै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।” प्रिन्सिपल बिष्टले भने ।
प्रतियोगितामा प्रथम हुने टिमले रु ३०,००० र द्धितिय हुने टिमले रु २०,००० नगद र प्रमाण पत्र पाउने छन । प्रतियोगितामा भने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा स्थायी बसोबास रहेका खेलाडीहरुलाई वा निर्वाचन क्षेत्र नम्बर १ भित्र कार्यक्षेत्र रहेका खेलाडीहरुलाई मात्र समावेश गरिने उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले जानकारी दिए ।

निजी लगानीमा बन्यो व्याडमिन्टन हल ।
२०७१ साल देखी निरन्तर रुपमा जिल्लाको दक्षिणी क्षेत्रमा व्याडमिन्टन प्रतियोगिता गराउदै आएको उग्रतारा बाल बिद्यालयले सुरुका बर्षहरुमा बिद्यालयको फिल्डमा प्रतियोगिता गराएको थियो । बाहिर प्रतियोगिता गराउदा मौसम र हावाको कारण प्रतियोगता गराउन मुस्कील हुन थाले पछि २०७३ सालमा करिब ५५ लाखको लगानीमा व्याडमिन्टन हल निर्माण गरेको हो ।
यस क्षेत्रका प्रतिष्ठत व्यावसायी तथा उग्रतारा बाल बिद्यालयका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टले यस क्षेत्रमा ब्याडमिन्टन खेल प्रतिको क्रेज बढेको देखेर, यस क्षेत्रका युवा तथा बिद्यार्थीहरुलाई ब्याडमिन्टन खेल प्रति रुची जगाउनकै लागि निजी लगानीमा ५५ लाख खर्चेर उक्त हल निर्माण गरेका उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले बताए ।
अहिले उक्त हलमा दैनिक करिब ३० /३५ जना खेलाडीहरुले दैनिक जसो बिहान पख व्याडमिन्टन खेलको अभ्यास गर्दै आएका छन । दैनिक रुपमा खेल्न आउनेहरुमा प्रहरी, शसस्त्र प्रहरी, नगर पालिका, बैक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी, शिक्षकहरु, उक्तहलमा नियमित रुपमा खेल खेल्ने गरेका छन ।







