भातृशोकमा रहेका प्रधानमन्त्री देउवाले दसैंको टिका लगाएनन्


कञ्चनपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले यो बर्ष दसैंको टीका ग्रहण गरेका छैनन्।

प्रधानमन्त्री देउवा भातृशोकमा रहेका कारण आफुले टीका ग्रहण नगरेको र अरुलाई पनि टिका नलाईदिएको प्रधानमन्त्रीका स्वकीय सचीव भानु देउवाले जानकारी दिए।

गत जेठ ३ गते प्रधानमन्त्री देउवाका भाई प्रेम बहादुर देउवाको निधन भएको थियो। उनको निधन भएको एक बर्ष पुगेको छैन। सोही कारण प्रधानमन्त्रीले परिवारका अन्य सदस्यहरुलाई समेत टीका लगाइदिएका छैनन्।


Loading Viewer...

ताजा समाचार

spot_img