बेलौरीमा नगर सरसफाईमा स्थानियहरु अग्रसर

बेलौरी: बेलौरीमा बेलौरीका स्थानिय बासिन्दा तथा सिद्धबाबा एकेडेमिका प्रिन्सिपल खडक शाहको नेतृत्वमा नगर सरसफाई अभियानको आज सातौ दिन को सरसफाई सम्पन्न भएको छ । “मेरो नगर, म सफा गर्छु” भन्ने नाराका साथ आज सातौ हप्ताको सरसफाई बेलौरी बसपार्क वरीपरी सरसफाई गरिएको छ ।

बर्षौदेखि दुर्गन्धित अवस्थामा रहेको बेलौरी बसपार्कको आज स्थानिय हरुले सरसफाई गरेका हुन । बेलौरी बसपार्कमा रहेको सार्वजनिक शौचालयको स्याफ्टी टंकीको पनि स्थानियहरुले आफ्नै लगानिमा सफा गरेका छन । स्थानिय बसपार्कको शौचालयको स्याफ्टी टंकी भरिएर वरीपरि दुर्गन्धित भएको थियो ।
बेलौरी नगरलाई सफा, सुन्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने सरसफाई अभियानका अर्का अभियन्ता मेवाराम चौधरीले बताएका छन । अभियानका क्रममा सडक क्षेत्रका खाल्टा खुल्टी समेत पुर्ने अभियानका प्रमुख अभियन्ता खडक शाहले बताएका छन ।


नगरपालिका क्षेत्रभित्रको सरसफाई, वातावरणको दिगो व्यबस्थापनमा नेतृत्वदायी भूमिकामा देखिनु पर्ने नगरपालिकाले यत्रो बर्षसम्म नगर भित्रको फोहोर व्यवस्थापनमा चासो नराख्नु दुखद रहेको बेलौरीका स्थानिय बुद्धिजिबी तथा उद्यमी सुरज श्रेष्टले बताएका छन । नगरक्षेत्र भित्र यत्रतत्र घास, प्लाष्टिक, शिसा जस्ता घातक वस्तुहरु यत्रतत्र छरिएको प्रष्ट देख्न सकिन्छ, जसले नगरक्षेत्रलाई नै कुरुप बनाएको छ । यसमा नगर पालिकाले चासो राख्नु पर्ने हो तर स्थानिय सरकारले त्यो फोहोरलाई नदेख्नु र व्यवस्थापन मा चासो नराख्नु चिन्ताको बिषय रहेको स्थानिय लक्ष्मण दियालले बताए ।


स्वच्छ वातावरण कायम गर्न फोहरमैला व्यवस्थापन ऐन २०६८ कार्यान्वयनमा छ । त्यसरीनै मिति २०७० आसोज २३ मा नेपालसरकार मन्त्रिपरिषद बाट वातावरण मैत्री स्थानिय शासन प्रारुप २०७० ल्याइएको छ । यसले फोहोरमैलाको प्रदुषण रहित ढंगले व्यवस्थापन गर्ने दायित्व स्थानिय निकायलाई तोकिदिएको भए पनि बेलौरी नगर पालिकाले भने त्यस तर्फ ध्यान दिन नसक्दा नगर दिनानुदिन प्रदुषित र कुरुप हुदाँ स्थानिय आफै नगर सफागर्न अग्रसर भएका हुन । बेलौरी नगर सरसफाई अभियान भदौ १५ गते देखि शुरु भएको हो । अभियान सुरु भएकै दिन नगर पालिका संगै रहेको पार्कसरसफाइका क्रममा अभियन्ता खडकशाहलाई करेत सर्पले टोकेको थियो । उपचार पश्चात उहालाई सञ्चो लागेको थियो ।

ताजा समाचार