कञ्चनपुर : जंगली हात्ती धपाउनका लागि सरकारी निकायबाट उज्याँलोका लागि पहल नभएपछि भीमदत्त नगरका एक स्थानीयले निजी लगानीमा बत्ति जडान गरेका छन ।
भीमदत्त नगरपालिका १५ निम्बुखेडाका स्थानीय एव महेन्द्रनगर माविका लेखापाल महानन्द पाण्डेले निजी लगानीमा बत्ति जडान गरेका हुन । लेखापाल पाण्डेले देशमा तीन सरकार स्थानीय, प्रदेश र संघीय हुँदा हुँदैपनि कुनेैपनि सरकारी सरोकारवाला निकायबाट हात्ती धपाउनका लागि पहल नभएपछि निकुञ्ज क्षेत्रमा बत्ति जडान गरेको बताए । ‘रातीका बेला हात्ती आउँछन, ‘उनले भने, ‘उज्यालो हुँदैन, जोखिम बढायो, त्यही भएर मैले निजी लगानीमा १६÷१७बत्ति जडान गरेको छुँ ।’ हात्तीले स्थानीयका अन्नबालीमाथि क्षति गर्दा केही सरकारी निकाय र जनप्रतिनिधी आएर खेतमा फोटो खिचाएर गए तर पहल नगरेपछि आफुले हात्तीबाट जोगिनका लागि बत्ति जडान गरेको बताए ।







