महाकाली सिँचाई जलउपभोक्ता संघ केन्द्रीय समितिको नव निर्वाचित पदाधिकारीको पदभार ग्रहण

मुल नहर अन्र्तरगत दैजी बेलडाँडी सडकखण्डको झाँडी सफाई गर्न कार्यालयलाई अनुरोध पहिलो निर्णय


कञ्चनपुर : महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरका नव निर्वाचित पदाधिकारीको पदभार ग्रहण गरिएको छ । गत आईतबार महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नयाँ कार्य समितिका लागि निर्वाचन भएको थियो । बुधबार एक कार्यक्रमका विच निर्वाचित पदाधिकारीको सपतग्रहण तथा पदभार ग्रहण गरिएको छ । महाकाली व्यवस्थापन कार्यालयका प्रमुख तथा निर्वाचन संयोजक तारा प्रशाद भट्टले नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन ।

अध्यक्ष भीम बहादुर थापा, उपाध्यक्ष सुरेन्द्र बहादुर चन्द, महासचिव दिल बहादुर कुँवर, सचिव नरेन्द्र सिह धामी, कोषाध्यक्ष कृष्ण प्रशाद जोशी, सदस्य टेक बहादुर कठायत, डिल्लीराज पनेरु, हर्क ब. थापा दिलिप कुमार बडायर, धर्मसिह कठायत, चेतन राई, तिकल राम चौधरी, परमल सिह ठगुन्ना, बिर ब. बडुवाल, शिवनारायण चौधरी, पुपेन्द्र सिह नागरीलाई प्रमाण पत्र दिईएको हो । कार्यक्रममा केही केन्द्रीय सदस्य उपस्थिति भएका थिएनन । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिले साँगठानिक सहित केही अन्य निर्णय समेत गरेको छ ।

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापाले मुल नहर अन्र्तरगत दैजी बेलडाँडी सडकखण्डको झाँडी सफाई गर्न कार्यालयलाई अनुरोध पहिलो निर्णय गरिएको बताए । अध्यक्ष थापाले उक्त नहर अन्र्तरगत रहेको सडकखण्डमा झाँडीका कारण जंगली जनावरको जोखिमले मानविय दुर्घटना हुने भएकाले नागरिकको सुरक्षाका लागि यथाशिघ्र झाँडी सफाई गर्न कार्यालयसंग अनुरोध गरिएको छ ।


ताजा समाचार

spot_img