दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा आदर्श रामलिला नाट्य श्रंखलाको तयारी सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन गर्ने तयारीमा जुटेको छ् । रामलिला संचालनको लागी मञ्च निमार्ण, बजार ब्यवस्थापन लगाएतका काम सुरु गरिएको आदर्श रामलिला नाट्य श्रंखला दोधारा चाँदनीका निर्देशक शुशिल राना मगरले जानकारी दिएका छन् । बिगतका दिनहरुमा पनि लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने तयारीमा आदर्श रामलिला समिति जुटेको छ् ।


गएको वर्षमा कोरोना संक्रमणको कारण संचालन हुन नसकेको यस वर्ष भब्यताको साथ रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको बताईएको छ् । आदर्श रामलिला समिति दोधारा चाँदनीले रामलिला समितिलाई पुर्णता दिने र सल्लाहकार समिति गठन, कामको जिम्मेवारी बाँडफाँड लगाएत कार्य समेत अघि बढाएको बताईएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । रामलिला नाट्य श्रंखला संचालनको लागी केही दिन देखि कलाकारहरुले अभ्यास सुरु गर्दै आएका छन् ।


लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको आदर्श रामलिला समितिले अपेक्षा गरिेको छ् । केही दिन अघि देखिनै संचालन हुने भनिएको रामलिला वर्षाको कारण ढिलो भईरहेको आदर्श रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले बताएका छन् । ‘हामी चाडैनै आदर्श रामलिला नाट्य श्रंखला संचालन गर्ने तयारी छौं’ आदर्श रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले भने ।








