उत्थानशिल युवा संजाल गठन तथा संचालन कार्यबिधिको मस्यौदा माथी छलफल


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा उत्थानशिल युवा संजाल गठन तथा संचालन कार्यबिधिको मस्यौदा माथी छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा उत्थानशिल युवा संजाल गठन तथा संचालन कार्यबिधिको मस्यौदा माथी छलफल संगै वडा दशै, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहकार्यमा एक दिने उत्थानशिल युवा संजाल गठन तथा संचालन कार्यबिधिको मस्यौदा माथी छलफल संगै दशै, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका अधिकृत प्रभुनिधी पन्तले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले मैन बत्ती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रममा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका अधिकृत प्रभुनिधी पन्त, गणेश ठगुन्ना, दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्ट, लागुऔषध रोकथाम तथा नियन्त्रण अभियान शुदुरपश्चिम संयोजक मदन चन्द, सदस्य गोरख बहादुर पुजारा लगाएत दोधारा चाँदनी नगरपालिकाका युवा, युवतीको उपस्थिती रहेको थियो । कार्यक्रममा लागुऔषध सम्बन्धी युवाहरुलाई सचेत समेत गराईएको छ् । छलफलको सहजीकणमा बिपत तथा जलबायु उत्थानशिल योजना निर्माणको खाका, युवा संजालको भुमिका तथा योजनामा समाबेश गरिने बिभिन्न शब्दावलीको बारेमा प्रष्ट पारिएको थियो ।

कार्यक्रमका सहभागी वर्षा साँउदले संस्थाले निकै राम्रो र प्रभावकारी योजना अघि सारेको र यसबाट स्थानीयवासीलाई प्रत्यक्ष फाईदा पुग्ने बताईन । छलफल कार्यक्रम मार्फत बिपद जोखिम न्युनीकरणको बिषयमा स्थानीय सरकारले बिपद् आएको बेला युवाहरुलाई साथ लिएर जानु पर्नेमा ध्यान आकर्षण समेत उनले गराएका छन् । उत्थानशिल युवा संजाल गठन तथा संचालन कार्यबिधिको मस्यौदा माथी छलफल कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगर क्षेत्रमा आउने बिपद्को बेला सबै एक जुट हुनु पर्नेमा जोड दिएका छन् ।

युवाहरु देशका कर्णधार भएको बताउदै हरेका कार्यमा युवा शक्तीलाई स्थानिय सरकारले संग लिएर काम गर्नेमा आफु प्रतिबद्ध रहेको मेयर लिम्बुले बताएका छन् । जलवायु जन्य प्रकोपको उच्च जोखिममा रहेको समुदायको सुदृढीकरण गरि प्रकोपको जिखिमबाट समुदायको जिविकोपार्जन सुरक्षीत गर्नमा सहयोग गर्ने लगाएतको उद्देश्य सहित सुद्दढ परियोजनाको उद्धेश्य रहेको बताईएको छ् ।


ताजा समाचार

spot_img