आसन्न निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र समुह दोधारा चाँदनीको गाँउ बस्तीमा

दोधारा । सामाजसेवी भिम कुमालले नेतृत्व गरेको स्वतन्त्र समुहले दोधारा चाँदनीको वडा–वडामा कमिटि गठन गर्न थालेको छ् । दोधारा चाँदनीमा स्वतन्त्र समुहले दशै वटा वडाहरुमा कमिटि गठन गरि आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा होमिने भएको छ् । हिजोबाट दोधारा चाँदनी नगरपालिका वडा नं. १ बाट सुरु गरेको वडा कमिटि गठनमा नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी लगाएत दलहरुका कार्यकर्ता प्रबेश गरि स्वतन्त्र समुहलाई सशक्त बनाउदै लगेको स्वतन्त्र समुह दोधारा चाँदनीका अध्यक्ष भिम कुमालले सामाजिक संजालमा लेखेका छन् ।

दोधारा चाँदनीका दशै वटा वडाहरुमा स्वतन्त्र गठन गरि आसन्न निर्वाचनका तयारी गरिरहेको स्वतन्त्र समुहका अध्यक्ष कुमाले बताए । उनका अनुसार दर्जर्नौ स्थानियहरु स्वतन्त्र समुहमा प्रबेश गर्न ललायित भएको बताएका छन् । स्थानिय निर्वाचनबाट दोधारा चाँदनी नगरपालिकामा स्थापना भएको स्वतन्त्र समुहले अन्य ठुला दलहरुलाई कस्तो काउण्टर दिने हो हेर्न भने बाँकीनै छ् ।

ताजा समाचार

This will close in 10 seconds