दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसले आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनको प्रचार–प्रसारको लागी सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ् । नेपाली काग्रेंस दोधारा चाँदनीको आधिकारीक सामाजिक संजाल फेसबुकमा आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनको प्रचार प्रसारको लागी भोली आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनको प्रचार–प्रसारको लागी दोधारा चाँदनी नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गर्ने जनाएको छ् ।

साथै हिन्दुहरुको महान चाड बडा दशै र दिपावलीको शुभकामना आचदान प्रदान कार्यक्रम समेत संचालन गर्ने भएको छ् । ‘दोधारा चाँदनी का सम्पुर्ण वडाहरुमा नेपाली कांग्रेसको चुनाव प्रचार–प्रसार एवम् सम्पर्क कार्यालय समुद्घघाटनका साथै बिजया दशमी तथा शुभ दिपावली को शुभकामना आदान प्रदान कार्यक्रम असोज १२ गते वडा नं. १० बिहान ९:०० बजे, वडा नं. ९ बिहान ११:०० बजे, वडा नं. ८ अपरान्ह ३:०० बजे, वडा नं. ७ साँझ ५:०० बजे हुने हुदा सहभागी हुन सबैमा अनुरोध छ्’ नेपाली काग्रेंस दोधारा चाँदनीको आधिकारीक सामाजिक संजाल फेसबुकमा उल्लेख छ् ।

