अधिल्लो भीमदत्त सरकारले विद्यालय कर्मचारी र बालविकासका शिक्षकको बृद्धि भएको तलब अहिलेको सरकारले दियो

कञ्चनपुर : असोज गत आर्थिक बर्ष २०७८/०७९ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकासका शिक्षकको बृद्धि भएको तलब रोकेको थियो । बजेट नै छैन भनेर अघिल्लो सरकारले गत आर्थिक बर्षमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकको बृद्धि भएको तलब निकासा गरेको थिएन । तत्तकालिन अर्थमन्त्री विष्णू पौडेलले आर्थिक बर्ष २०७८/०७९को बजेट बक्तव्यमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको संघबाट ८ हजार र सम्बन्धीत पालिकाबाट ७ हजारका दरले खुवाउनुपर्ने घोषणा गर्दै विद्यालय कर्मचारी बाल विकासका शिक्षिकाको तलब दोब्बर बढी बृद्धि गरेका थिए । तर, भीमदत्त नगरपालिका तत्तकालिन सरकारले बजेट नै अभाव भएको भनेर टार्दै आएको थियो ।

स्थानीय तहबाट दायित्व सुम्पिएको तलब निकासका लागि बाल विकासका शिक्षिक र विद्यालय कर्मचारी आन्दोलित भएका थिए । कुल १२ महिनामा ३ महिनाको मात्रै बृद्धि भएको तलब खुवाएको थियो । अहिले नयाँ सरकार आएपछि गत बर्ष नदिएको तलब दिएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गत बर्ष रोकिएको बाल विकास र विद्यालय कर्मचारीको तलब निकासा भएको जनाएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक कलावती भट्ट(मिश्र)ले पालिकामा रहेका ५६विद्यालयमा कार्यरत १४४ बाल विकासका शिक्षक र ५६ विद्यालय कर्मचारी, लेखापालको ७ हजारका दरले तलब निकासा भएको बताईन । ‘गत बर्ष बृद्धि भएको तलब एकमुष्ठ हामीले ९ महिनाको निकासा गरेका छौँ, ‘उनले भनिन, ‘अघिल्लो बर्ष ३ महिनाको मात्रै खुवाएको थियो ।’ बाल विकास र विद्यालय कर्मचारी गरी २ सयको एकमुष्ठ १ करोड २६ लाख रुपैँया निकासा भएको छ । बृद्धि भएको तलब एकमुष्ठ दिएको भन्दै बाल विकासका शिक्षक र विद्यालय कर्मचारी हर्षित भएका छन ।

बाल विकासका शिक्षिका लक्ष्मी पाण्डेले भीमदत्त नयाँ सरकारले आफुहरुका पीडा बुझेर अधिल्लो सरकारले रोकेको तलब दिएपछि खुसी भएको बताईन । ‘संघ सरकारले तोकेको दायित्व दिएको पारिश्रमिक खुवाउन अधिल्लो सरकारले बजेट छैन भन्दै हामीहरुका मागप्रति वेवास्ता गरेको थियो, ‘उनले भनिन, ‘अहिले भीमदत्त नगरमा आएको सरकारले हामीहरुको बृद्धि भएको तलब निकासा गरिदिएको छ ।’ मेयर पदम बोगटीले आफुहरुका पीडा बुझेर बृद्धि भएको तलब निकासा गरिदिएको उनले बताईन । विद्यालय कर्मचारी पदम सुनारले कम्युनिष्ट सरकारले निम्नस्तरका कर्मचारीले बृद्धि भएको तलब नदिएर अहिले काँग्रेस सरकारले दिएको बताए । ‘राज्यले नै दायित्व दिएको तलब माग्न हामी आन्दोलित भएका थियौँ, ‘उनले भने, ‘तरपनि त्यतिखेरको सरकारले बजेट नै छैन भनेर टारिदियो, अहिलेको सरकारले दियो ।’ सामुदायिक विद्यालयका लेखापाल महानन्द पाण्डेले संघ सरकारले पालिकालाई थपिदिएको दायित्वको रकम अहिलेको सरकारले दिएको बताए । भीमदत्त नगरपालिका समाजिक विकास समिति संयोजक शुशिल भट्टले राज्यले तोकेको दिएको र नीति अनुरुप बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले तलब पाएको बताए ।

ताजा समाचार

This will close in 10 seconds