बाढीले दिएको पिडामा मलहम लगाउदै दोधारा चाँदनीका मेयर लिम्बु

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर कुमार लिम्बु अठार नम्वर पिल्लर बस्तीमा पुगेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० भारत संग जोडिएको सिमा संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा आज जगबुडा नदीले जग्गा कटानी गर्न थालेको पाए संगै जग्गा कटानीको अवस्था बुझ्न पुगेका हुन् । जग्गा जगबुडा नदीले जग्गा कटानी गर्न थालेपछि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु कटानीको अवस्थाको बारेमा जानकारी लिन आज अठार नम्वर पिल्लर बस्ती पुगेका छन् । आफ्नो निजी मोटरसाईकलमा बस्ती पुगेका मेयरले स्थानियहरु संग जग्गा कटानीको अवस्था बारेमा छलफल गरेका छन् । हिजो जगबुडा नदीमा आएको बाढीको कारण बस्तीको छेउमा झण्डै आधा कट्टा जग्गा नदीले कटानी गरेको हो ।

नदीको छेउमा लगाएको सिसौका रुखहरु कटानी गर्न थालेपछि स्थानियहरुमा बस्ती बिस्तापित हुने त्रास छाएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भोलीनै प्राबिधिकको टोली पठाउने र नदीले गर्दै आएको क्षती रोक्न आफुले दरिलो कदम चाल्ने बताएका छन् । जग्गा कटानी रोक्न स्थानियहरुले नदीले ढालेका रुखहरुलाई बाँधेका छन् । तत्काल जग्गा कटानी रोक्न मोटोका कट्टा र बाँस लगाउनु पर्ने स्थानियहरुले मेयर लिम्बुलाई सुझाव दिएका छन् । स्थानियहरु संग दोधारा चाँदनीका मेयर लिम्बुको कुराकानीमा जनताको कामको लागी आफु पद ग्रहण गरेको बताउदै अठार नम्वरको पिल्लर बस्तीको नजिक रहेको जगबुडा नदी नियन्त्रणमा आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । केही दिन अघि मात्रै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरेर निमार्ण गरेको जैविक तटबन्धले नदी नियन्त्रणमा राम्रो काम गरेको भन्दै जैविक तटबन्ध निमार्ण भएको झण्डै आधा किलोमिटर नदीको पश्चिम/दक्षिण दिशा नदीले कटानी गरेको दोधारा चाँदनी नगरपालिकाका किशोर कुमार लिम्बुले तत्तकाल कटानी रोक्न नगरपालिका कार्यालय तयार रहेको बताएका छन् ।

‘नदीले कटानी गर्न सुरु गरेको अवस्थामा हामी तत्काल नदी नियन्त्रणको काम अघि बढाउछौं’ दोधारा चाँदनी नगरपालिकाका मेयर कुमार लिम्बुले भने । आफ्नो निजी मोटर साईलकमा सवार अठार नम्वर पिल्लर बस्तीमा मेयर लिम्बु पुगेपछि स्थानियहरु खुशी भएका छन् । जनताको सेवामा सार्वजनिक बिदाको दिन पनि मेयर अठार नम्वर पिल्लर बस्तीमा पुगेर नदीले जग्गा कटानीको अवस्थाको बारेमा जानकारी लिन थाले संग आफुहरु खुशी भएको स्थानियबासी दिल बहादुर रानाले बताए । ‘मेयर सा’व धेरैनै जनताको काममा सक्रिय हुनुहुन्छ्, हाम्रो बस्तीमा समस्या परेको बेला रात दिन जुनसुकै बेला पुग्नुहुन्छ्’ स्थानियबासी दिल बहादुर रानाले बताए । नदीको बहाव बढ्दै जाँदा बस्ती नजिक रहेको जग्गा कटानी सगै नदीको छेउमा लगाएको सिसौका १० रुख नदीले बगाएर लगेको स्थानियहरुले बताएका छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् ।

बिगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घरपरिवारमा करिब ४० जना परिवार अठार नम्वर पिल्लर बस्तीमा बसोबास गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा स्थानिय सरकार पुगे संगै अठार नम्वर पिल्लर बस्तीमा बिद्युत सेवा बिस्तार भएको छ् । उक्त वडाका अध्यक्ष चन्द्र बहादुर सिंहको सक्रियताको कारण पनि अठार नम्वर पिल्लर बस्तीमा बिगतका भन्दा राम्रो बिकास भएको स्थानियहरुको भनाई रहेको छ् । जगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा अवस्थीतको अठार नम्वर पिल्लर बस्ती नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका छन् । भारतियहरुको हातमा रहेको जगबुडा नदी जुनसुकै बेलापनि नदीको पानी खोलेर वर्षा तथा हिउदयाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेको छ् ।

ताजा समाचार