भागेश्वरी ग्रुपको केडी अटो मोबाइल्स सञ्चालनमा

कञ्चनपुर : महेन्द्र नगरको भासीमा भागेश्वरी ग्रुपले केडी अटो मोबाइल्स सञ्चालनमा ल्याएको छ । ग्रुपले महेन्द्र नगर बजारको हुलाक लाइनमा इलेक्ट्रोनिक सामान तथा कपडा लगायत विभिन्न सामग्रीहरूको व्यवसाय गर्दै आएको छ। सोमबार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले उक्त अटो मोबाइल्स सोरुमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री रावल सहित विभिन्न राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेय, प्रहरी उपरीक्षक श्याम सिह चौधरी, कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जङ्ग बहादुर मल्ल, महाकाली बहुउद्देश्यीय बस व्यवसायी समितिका अध्यक्ष डम्बर पन्त लगायतका सहभागी भएका थिए ।
भागेश्वरी ग्रुपले होण्डा कम्पनीको डिलर लिएपछि सोरुम सञ्चालनमा ल्याएको हो । भागेश्वर ग्रुपका सञ्चालक भोजराज भट्टले व्यापार व्यवसाय बढाउन सोरुम सञ्चालन गरिएको बताए । ‘यातायात क्षेत्रमा पहिला देखि थियौ, अटो मोबाइल्सको कोराबार चाहि पहिलो पटक सन्चालन गरेको बताए । होण्डा कम्पनीले महेन्द्रनगरमा डिलरको लागि सूचना आव्हान गरेको थियो । भागेश्वर ग्रुपले निवेदन दिए पछि कम्पनीले डिलरका लागि छनौटमा परे पछि भासीमा सोरुम सञ्चालनमा ल्याइएको हो । दुइ करोड बढीको लगानीमा सञ्चालन गरिएको सोरुममा बिक्रीका लागि होण्डा कम्पनीका बाइक र स्कुटी राखिएका छन् ।
उद्घाटन कार्यक्रममा मोटरसाइल र स्कुटी खरिद गर्ने ग्राहकलाई खादा ओढाएर सम्मान गरिएको थियो । भागेश्वर ग्रुपका सञ्चालक भट्टले व्यवासयमा घाटा नाफा नहेरी अटो मोबाइल्स सञ्चालन गरिएको बताए । कार्यक्रममा होन्डा कम्पनीका प्रतिनिधि सुरज बगाले ले कम्पनी र मोटरसाइकल सम्बन्धि जानकारी गराए का थिए। भागेश्वरी ग्रुपका सिद्धराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भोजराज भट्टले स्वागत मन्तव्य राखे ।

ताजा समाचार

This will close in 10 seconds