नेपाल बुद्धिजीवी परिषद् दोधारा चाँदनीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा बस्नेत

दोधारा । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा अमर बस्नेत चयन भएका छन् । नेपाल बुद्धिजीवी परिषद्को प्रथम नगर अधिबेशनले नगर अध्यक्षमा अमर बस्नेतलाई सर्वसम्मतबाट नेपाल बुद्धिजीवी परिषद्को नगर अध्यक्षमा चयन गरेको नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य तथा नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले जानकारी दिएका छन् ।

यस्तै उपाध्यक्ष गिता रावत, सचिव चन्द्र बहादुर खड्का, सह–सचिव पदम सिहं, कोषाध्यक्ष मोतिराम भट्ट, सदस्य पुष्कर ओझा, मदन राज गिरी, सुरेश कोली, दिल वहादुर बिष्ट, दिपेन्द्र शाही चयन भएको ईन्चार्ज खड्काले बताएका छन् । चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिईएको थियो । अधिबेशनमा नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य तथा नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का, नेकपा एमाले नेत्री खिमा चन्द, नेकपा एमालेको कञ्चनपुर जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र बिष्ट, नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज निरु पाल लगाएको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds