अठार नम्वर पिल्लर बस्तीमा नदीले जग्गा काट्न थाल्यो : त्रासमा स्थानियहरु

दोधारा । दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा देखिन थालेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को अठार नम्वर पिल्लर बस्तीको जग्गा जगबुडा नदीले कटानी गर्न थाले संगै बस्तीनै बिस्तापित हुने स्थानियहरुले आंशका गर्न थालेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) ले केही महिना अघि मात्रै जैविक तटबन्ध निमार्ण गरेको थियो । जैविक तटबन्ध निमार्णले नदी नियन्त्रण गर्दै आएपनि जैविक तटबन्ध निमार्ण गरेको झण्डै २ सय मिटर पश्चिम/दक्षिण क्षेत्रमा जगबुडा नदीले जग्गा कटानी गर्दै आएको स्थानियहरुले बताएका छन् । संस्थाले बनाएको जैविक तटबन्धले नदी नियन्त्रणमा राम्रो काम गर्दै आएको स्थानियहरुले बताएका छन् । संस्थाले उक्त स्थानमा जैविक तटबन्ध नबनाएको भए धेरै जग्गा कटानी गर्ने उनिहरले बताएका छन् ।

आज बिहान देखि नदीको बहाव बढ्दै जाँदा बस्ती नजिक रहेको जग्गा कटानी सगै नदीको छेउमा लगाएको सिसौका १० रुख नदीले बगाएर लगेको स्थानियबासी दिल बहादुर रानाले बताएका छन् । नदीको बहाव बढ्दै जाने हो भने बस्तीनै जोखिममा पर्ने अवस्था श्रजना भएको स्थानियबासी रानाले बताए । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् । बिगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घरपरिवारमा करिब ४० जना परिवार अठार नम्वर पिल्लर बस्तीमा बसोबास गर्दै आएका छन् । जगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा अवस्थीतको अठार नम्वर पिललर बस्ती नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका छन् ।

भारतियहरुको हातमा रहेको जगबुडा नदी जुनसुकै बेलापनि नदीको पानी खोलेर वर्षा तथा हिउदयाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेको छ् । बस्तीमा आवागमन गर्न प्रदेश सरकारल झोलुङ्गे पुल निमार्ण गरेपनि वर्षायाममा सम्पर्क बिच्छेद हुने अठार नम्वर पिल्लर बस्तीमा सिमाको रेखदेख लागी पनि बस्ती जोगाउन आवश्यक रहेको जानकारहरु बताउछन् ।

ताजा समाचार

This will close in 10 seconds