दोधारा । दोधारा चाँदनी नगरपालिकामा नाक, कान, घाँटी, नसा तथा मनोरोग, दन्त रोग र हाडजोर्नी तथा फिजियोथिरापी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ् ।


दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नाक, कान, घाँटी, नसा तथा मनोरोग, दन्त रोग र हाडजोर्नी तथा फिजियोथिरापी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन हुने प्राथमिक स्वास्थ्य केन्द् दोधाराले जनाएको छ् । आउदो मंगलबार प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर लाग्ने भएको छ् । नाक, कान, घाँटी, नसा तथा मनोरोग, दन्त रोग र हाडजोर्नीका रोगीहरुलाई शिविरमा आएर स्वास्थ्य लाभ लिन अनुरोध गरिएको छ् ।







