दोधारा चाँदनीमा सशस्त्र प्रहरीलाई निड्स नेपालले दियो उद्धार सामग्री

दोधारा । दोधारा चाँदनीमा सशस्त्र प्रहरीलाई निड्स नेपाल कञ्चनपुरले उद्धार सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबिस्थानलाई झण्डै रु. १ लाख बढीको बाढी आएको बेला चाहिने उद्धार सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उक्त सामग्री सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबिस्थान, दोधारा चाँदनीका प्रबिन फुर्‍याललाई हस्तान्तरण गरेको निड्स नेपाल कञ्चनपुरका नबिन भट्टले जानकारी दिएका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, कार्यपालिका सदस्य, निड्स नेपाल कञ्चनपुरको समुदायको बाढी उत्थानशिनलताका कार्यक्रमका कार्यक्रम संयोजक नबिन भट्ट, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबीस्थान, दोधारा चाँदनीका प्रहरी निरिक्षक प्रबिन फुर्‍याल लगाएको सहभागिता रहेको थियो । मर्सिकोरको सहयोग र निड्स नेपाल कञ्चनपुरको समुदायको बाढी उत्थानशिनलता परियोजनाबाट उक्त उद्धार सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक भट्टले बताएका छन् ।

उद्धार सामग्रीमा हेल्मेट, प्राथमिक उपचारको सामग्री, डोरी, लाईफ ज्योकट लगाएत रु. १ लाख भन्दा बढीको उद्धार सामग्री रहेको निड्स नेपाल कञ्चनपुरको समुदायको बाढी उत्थानशिनलताका कार्यक्रमको कार्यक्रम संयोजक नबिन भट्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिगत देखि नगर क्षेत्रको बिकास तथा समृद्धिको लागी निड्स नेपाल सहयोगी बन्दै आएको बताएका छन् । महाकाली र जगबुडा नदीमा बाढी आए संगै दोधारा चाँदनीको नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरु जोखिममा पर्दै आएका छन् । बाढी आएको बेला स्थानियहरुलाई उद्धारको लागी हस्तान्तरण गरिएको उद्धार सामग्री कोषेढुंगा साबित हुने बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds