सिमामा हुने समस्याको निवारणको लागि दोधारा चाँदनी नगर प्रमुख र भारतिय विद्यायक बिच छलफल सम्पन्न

दोधारा : दोधारा चाँदनी नगर प्रमुख र उत्तराखण्ड खटीमा विद्यान सभा (विद्यायक) बिच सिमामा हुने समस्या सम्बन्धी छलफल भएको छ । शनिबार भएको छलफलमा दोधारा चाँदनी नगर प्रमुख किशोर कुमार लिम्बु र सिमा क्षेत्र उत्तराखण्ड खटीमा विद्यान सभाका (विद्यायक) भुवन कापडी बिच सिमामा हुने समस्या र भारत बाट आउने जंगली जनावरको रोकथाम कसरी गर्ने भर्ने सम्बन्धमा छलफल भएको छ ।
शुक्रबार सिमामा एस.एस.बि. र स्थानिय महिला बिच वादविवाद भएको थियो । शनिबार विद्यायक भुवन कपाडीको निमन्त्रणमा भारतको खटिमामा समय समयमा सिमामा हुने दुई पक्षिय विवादको रोकथाम र त्यसको निवारण कसरी गर्ने भन्ने विषयमा छलफल भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनु भयो । वहाँले भन्नु भयो ‘समय समयमा सिमामा हुने विवाद, भारतिय जंगलबाट आउने जनावर हात्तीले स्थानिय किसानको धानवाली लगायत मानविय क्षतिको रोकथाम सम्बन्धी, ईमरजेन्सीमा भारतिय अस्पतालमा उपचार गराउन लैजाद हुने समस्या र सस्त्र र एस.एस.बी विचको सम्बन्ध विस्तार र प्रागड गर्ने बारेमा छलफल भएको हो ।’
भारतिय विद्यायक भुवन कापडीले सिमामा हुने समस्या साथै जंगली जनावरबाट हुने समस्या निवरणको लागि आफुले सक्दो पहल गर्ने बताएको नगर प्रमुख लिम्बुले बताउनु भयो । दुवै देशको सम्बन्ध प्रगाढ बनाउन आँउदो दिनमा भारतिय पक्षलाई नेपाल निमन्त्रण गरी दुई देशको सिमामा हुने समस्याको विच छलफल गर्नु पर्ने नगर प्रमुख लिम्बुले बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds