निरन्तर वडाको बृहत सरसफाई अभियानमा दोधारा चाँदनीका वडाध्यक्ष खत्री (हेर्नुस् भिडियो)

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले वडाका सडकहरुलाई सरसफाई गर्ने कार्यमा तल्लीन देखिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले आफ्नो वडामा रहेका बाटोघाटाहरुको साताब्यापी बृहत सरसफाई अभियानलाई निरन्तरता दिदै आएका छन् । सडकमा ब्यग्रल्ती उम्रेका झाँरपात तथा रुखलाई सफाई गर्ने कार्यमा झण्डै ४ साता देखी स्थानियहरु, सुरक्षाकर्मी, बिभिन्न संघ–संस्थाहरुलाई साथ लिएर बडाको बृहत सरसफाई अभियानमा उत्रेका छन् । वडामा रहेको सडकहरुमा झाँडी तथा फोहरले सडक दुर्घटना तथा डेंगु जस्ता रोग न्युनिकरण गर्नको लागी वडाका सडकहरु सफा सुग्घर बनाउने काममा वडाध्यक्ष खत्री लागिपरेका हुन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाको सरसफाईमा तदारुक्ता देखाएका छन् । वडाको सरसफाईलाई मध्यनजर गर्दै झण्डै ४ साता देखि वडाको बृहत सरसफाई अभियानलाई अघि बढाएका हुन् ।

वडाको सरसफाईलाई मध्यनजर राख्दै वडाले थालेको अभियानको प्रशंसा गर्दै बागेश्वरी असल शासन युवा क्लव दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले दोधारा चाँदनी नगरपालिका सबै वडाहरुले वडा नं. ५ का वडाध्यक्षले थालेको बृहत सरसफाई बाट पाठ सिक्नु पर्ने बताए । भानु बहुमुखी क्याम्पसको बिद्यार्थी रहेका बागेश्वरी असल शासन युवा क्लव दोधारा चाँदनीका संयोजक दुर्गा बडुवाल क्याम्पस पढेर घर फर्केदा रात पर्ने र सडकमा भएको झाँडीको कारण अध्यारो भई डर लाग्ने भएको बताए । वडाको सरसफाई अभियानले क्याम्पसबाट घर फर्किदा आज भोली उज्यालो भई डर नलाग्ने र सडक दुर्घटनामा समेत कमी आएको बागेश्वरी असल शासन युवा क्लव दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बताएका छन् । सरसफाई अभियानले बिद्यार्थीहरुलाई समेत प्रभाव परेको बताउदै आफु पनि वडा नं. ५ वडा कार्यालयको सरसफाई अभियानमा सरिक भएको संयोजक बडुवालले बताएका छन् । वडा कार्यालयको एकल प्रयासले मात्र सम्भव नहुने भएको हुदा स्थानिय युवा, युवती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बागेश्वरी असल शासन युवा क्लव, जनप्रतिनिधी लगाएत सहयोग माग्दै अभियानलाई निरन्तरता दिदै आएको वडा नं. ५ का वडा सदस्य दिनेश लामिछानेले बताएका छन् ।

अब वडाको सवै फोहोरहरु ब्यवस्थापन गर्न वडाबासीलाई यो विषयमा कडाई समेत योजना रहेको वडा सदस्य लामिछानेले बताए । वडाबासीको स्वास्थ्य, सरसफाई तथा हरियालीलाई जोड दिदै वडाको बृहत सरसफाई अभियानलाई अगाडी बढाईएको वडाका अर्का सदस्य पार्वती सुनारले बताएका छन् । आज वडाको पिपल चौतारा देखि गौरा देबी मन्दिर सम्म झण्डै १ किलो मिटर भन्दा बढी सडक खण्डमा रहेका झाँडी तथा फोहर सरसफाई गर्ने कार्य भएको वडा सदस्य सुनारले बताए । सरसफाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव खत्री, वडा सदस्य सेते सुनार, पार्वती सुनार, दिनेश लामिछाने, बागेश्वरी असल शासन युवा क्लव दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालको टोली, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबीस्थान) का प्रहरी निरिक्षक प्रबिन फुर्‍याल लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । स्वच्छ, सफा र सुन्दर सहर वडाबासीको रहर नारा दिईएको सो अभियान अन्र्तगत यतिवेला सम्म ४ वडा सडकहरु सरसफाई गरिसकेको छन् ।

वडाध्यक्षले बिना बजेट स्फुर्तरुपमा संचालन गर्दै आएको सडक सरसफाई अभियान उत्साहित तथा प्रशंनिय रहेको स्थानियहरुले बताउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका सबै वडामा यस्ता खाले अभियान गर्दै जानु पर्ने सामाजिक संजाल फेसबुकमा स्थानियहरुले ब्यग्रल्ती लेख्न थालेका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds