मानविय क्षती रोक्न कुतियावकर बस्तीलाई निड्स नेपालले दियो किस्ती

दोधारा । दोधारा चाँदनी नगरपालिकामा निड्स नेपाल कञ्चनपुरले बाढी आएको बेला उद्धार गर्न किस्ती हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकर बस्तीलाई बाढीबाट मानबिय क्षती रोक्न एक वटा किस्ती समुदायमा हस्तान्तरण गरिएको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्यायले जानकारी दिएका छन् । मर्सिकोरको सहयोग र निड्स नेपालको एफआरएमसी परियोजना अन्तर्गत बाढी आएको बेला स्थानियहरुलाई उद्धार गर्न सहजताको लागी किस्ती हस्तान्तरण गरिएको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्यायले बताएका छन् । उक्त किस्ती कुतियावकर बिपद् ब्यवस्थापन समितिलाई आज एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो ।

कुतियावकर बिपद् ब्यवस्थापन समितिको रु. ३० हजार र निड्स नेपाल कञ्चनपुद्धारा संचालित एफआरएमसी परियोजनाबाट रु. १ लाख ५२ हजार जम्मा रु. १ लाख ८३ हजारमा निमार्ण भएको किस्ती बाढी आएको बेला मानबिय क्षती रोक्न महत्वपुर्ण कार्य गर्ने बताईएको छ् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, निड्स नेपाल कञ्चनपुरका निर्मला चौधरी, दुर्गा कुमारी मल्ल, अन्जु जोशी, प्रयागराज रेग्मी, ईश्वर उपाध्याय, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्ट लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकामा बिपद्को बेलामा निड्स नेपाल कञ्चनपुरको सहयोग प्रशंसनिय रहेको बताएका छन् । बिगत देखी नगर क्षेत्रमा बिपद्को समयमा नगरपालिका कार्यालयलाई सघाउदै स्थानियहरुको जिवनस्तर उकास्न सहयोग गर्दै आएको भन्दै निड्स नेपाल कञ्चनपुरको टिमलाई मेयर लिम्बुले धन्यबाद दिदै आगामी दिनहरुमा नगरपालिका कार्यालयले थप सहकार्यको लागी तयार रहेको बताएका छन् ।

कुतियावकर आसपास बस्तीमा महाकाली नदी र जगबुडा नदीको बहाव बढे संगै बाढी बसतीमा पसेर धनजनको क्षती संगै मानविय क्षती समेत गर्दै आएको हुदा बाढीबाट स्थानियहरुको उद्धार गर्न सहजताको लागी हस्तान्तरण गरिएको किस्ती निकै महत्वपुर्ण रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । कुतियावकर बिपद् ब्यवस्थापन समितिको अध्यक्ष टेक बहादुर सुनारले संस्थाले दिएको किस्ती बाढीको बेला स्थानियहरुलाइै उद्धार गर्न निकै सहज हुने बताउदै सहयोग संस्था निड्स नेपाललाई धन्यबाद दिएका छन् । बस्तीमा किस्ती आएपछि बाढी आएको बेला स्थानियहरुलाई उद्धार गर्न सहज भएको भन्दै स्थानियहरुले निड्स नेपाल कञ्चनपुरको टिमलाई धन्यबाद दिएका छन् । बिगतका दिनहरुमा बस्तीमा एक वटा निजी किस्ती रहेको र उक्त किस्ती क्षतबिक्षत भएको अवस्थामा रहेको कारण बाढी आएको बेला उद्धार गर्न निकै सकस पर्दै आएको थियो ।

ताजा समाचार

This will close in 10 seconds