महेन्द्रनगर नमूना माध्यमिक विद्यालयले शुभकामना आदान प्रदान सँगै झोला वितरण

कञ्चनपुर : भीमदत्तनगरपालिका वडा नं.–१८ स्थिीत महेन्द्रनगर नमूना माध्यमिक विद्यालय (साधारण स्कुल)ले आज विजयादशी, शुभ दीपावली तथा छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

सुदूरपश्चिममै सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यालय रहेको महेन्द्रनगर नमूना माध्यमिक विद्यालयले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो, उक्त कार्यक्रममा शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समितिका पदाधिकारी सबैलाई ६० थान झोला वितरण गरिएको छ ।

शिक्षकहरुलाई शिक्षा समाग्री व्यवस्थापन गरी विद्यार्थीहरुलाई उचित शिक्षा मिलोस भन्ने हेतुले झोला वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र विष्टले बताउनु भयो । वहाँले ‘विद्यार्थीहरुको सिकाईमा शिक्षकहरुलाई थप उर्जा र होसल्ला प्रदान गर्न उनीहरुलाई विद्यालयको आन्तरिक स्रोतबाट झोला वितरण गरिएको हो’ बताए ।

विद्यालयका प्रधानाध्यापक ललित सावँदको अध्यक्षतामा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र विष्टको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन शिक्षिका तथा अतिरिक्त क्रियाकलाप संयोजक विजया लक्ष्मी अवस्थीले गर्नु भएको थियो ।

ताजा समाचार