दोधारा चाँदनीमा नशालु तथा म्याद नाघेका औषधी बिक्री गर्ने औषधी पसलमा छापा

दोधारा । दोधारा चाँदनी नगरपालिकामा गैर कानुनी तवरले संचालनमा औषधी पसलहरुमा छापा पर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालनमा रहेका बिना ईजाजत औषधी पसलहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले छापा हान्न थालेको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको अधिकांश भारतिय नागरिकहरुद्धारा तथा गैरकानुनी तवरले संचालनमा आएका औषधी पसलहरुमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थी लगाएत सम्मलित टोलीले आज दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानमा बिना ईजाजत औषधी पसलहरुमा छापा हानेका छन् ।

गैरकानुनी तवरले संचालनमा आएका औषधी पसलहरुबाट नशालु तथा म्याद नाघेको औषधीहरु जफत गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले नगर क्षेत्रमा बिना ईजाजत संचालनमा आएका औषधी पसहरुलाई बन्द गर्न एक हप्ते अल्टीमेटम दिएको थियो । केही औषधी पसलहरु बन्द भएका छन भने केही अटेरी गरि संचालन गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगर क्षेत्रमा बिना ईजाजत औषधी पसलहरुलाई बन्द गर्ने बताएका छन् । ‘बिना ईजाजत नेपाली नागरिक होस् वा भारतिय नागरिक जो कोहीको औषधी पसलहरुमा संचालन गरेमा कार्वाही गर्छौ’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने । बिना योग्यता भएकाहरुले औषधी पसलहरु संचालन गर्ने र नागरिकमा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने औषधी दिने तथा सिमावर्ती भारतिय बजारबाट नशालु औषधी बिक्रि गरि युवाहरुलाई कुलतमा फसाउने कार्य भईरहेको हुदा बिना ईजाजत औषधी पसलहरुलाई रोक लगाउने कार्य भईरहेको छ् ।

मानव स्वाथ्यमा असर पर्ने खालका औषधी बिक्रि बितरण गर्दै आएका अनुमती बेगर संचालनमा आएका झोले छाप डाक्टहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले कार्वाही प्रकृया अघि बढाएको हो । ईजाजत नलिएर सञ्चालन गरेको सो मेडिकलमा अवैध औषधी, एन्टिबायोटिक्स लगाएतका औषधी नियन्त्रणमा लिएको टोलीले जनाएका छन् । बिगतका दिनहरुमा स्थानिय सरकारले समेत तत्परता नदेखाउदा नगर क्षेत्रमा गैर कानूनीरुपमा डाक्टरहरुको बिगबिगी बढ्दै गएको हो । अनुगमन गर्ने निकाय मौन बस्दा ग्रामीण भेगमा कानुनी मान्यता नपाएका बंगाली भनिने झोले छाप डाक्टरको संख्या दिनानु दिन बढ्दै गएको हो । नगर क्षेत्रको ग्रामीण भेगमा यस्ता डाक्टरले खुलेयाम आफ्नो क्लिनीक खोलेर बसे पनि सम्बन्धीत निकाय भने मौन बन्दै आएको थियो ।

औषधी पसल सञ्चालन तथा बिरामीको चेकजाँचको लागि मेडकल काउन्सिल, औषधी व्यवस्था विभागबाट अनिवार्य स्विकृति लिुनपर्ने भएपनि दोधारा चाँदनी नगरपालिकामा अनुमति बगेरका औषधी पसल यस्ता डाक्टरद्धारा सञ्चालनमा रहेको एक तथ्यांकले जनाएको छ् ।

ताजा समाचार

This will close in 10 seconds