कञ्चनपुरका क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन विस्तार

कञ्चनपुर : अखिल क्रान्तिकारीले कञ्चनपुरका विभिन्न क्याम्पस तथा विद्यालयमा संगठन विस्तार गरिरहेको छ । अखिल क्रान्तिकारीले भीमदत्त नगरपालिका महेन्द्रनगरका विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरुमा संगठन विस्तार गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता भुवन सिह विष्टले जनज्योती बहुमुखी, जनज्योती मावि र कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा संगठन विस्तार गरेको बताए ।

No description available.

उनका अनुसार जनज्योती माविमा दिपकराज भट्ट, जनज्योती बहुमुखी क्याम्पसमा आयुस पन्त र कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा योगेश जोशीको अध्यक्षमा अखिल क्रान्तिकारीका संगठन विस्तार भईरहेका छन । ‘हामी विद्यार्थीको हकहितका लागि निरन्तर क्याम्पस तथा शैक्षिक संस्थामा संगठन विस्तार गरिरहेका छौँ, ‘क्रान्तिकारीका नेता विष्टले भने, ‘अभियान निरन्तर चलिरहन्छ, शैक्षिक विकृती बिरुद्धमा संघर्ष पनि संगै गछौँ ।’संगठन विस्तारमा अखिल क्रान्तिकारी भीमदत्त नगरका अध्यक्ष पंकज जोशी, उपाध्यक्ष सन्तोष भट्ट, सचिव सागर गुयाल सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा संगठन विस्तार भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds