एमाले सुदूरपश्चिमका नेता बोगटी माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर: नेकपा एमाले सुदुरपश्चिमका नेता शंकर बहादुर बोगटी सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । एमालेको प्रदेश कमिटी सदस्य र सदस्यता परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुलमटारमा उनी माओवादी प्रवेश गरेका छन् । अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका छन् । बोकटी नेकपा माले छाडेर एमाले हुँदै माओवादी पुगेका छन् ।

नेता बोकटीले आफ््नो फेसबुकमा माओवादी प्रवेशलाई सुखद क्षण भनेर उल्लेख गरेका छन् । एमालेको प्रदेश कमीटी सदस्य र पार्टीको सदस्यता समेत परित्याग गर्दै नेकपा माओवादी केन्द्रका श्रदेय अध्यक्ष कमरेड प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्र प्रवेश गरेको सुखद क्षण । एमाले नेता बोगटीले आफ्नो क्षमताको पुर्ण उपयोग गर्दै पार्टीप्रति प्रतिवद्ध भै कामकाज गर्ने समेत वाचा गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds