लोकतान्त्रिक समाजवादी पार्टी कन्चनपुरको बिरोध प्रदर्शन

कन्चनपुर : लोसपा कन्चनपुरले राष्ट्रपति भण्डारीको बिरोधमा पुत्लादहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी कन्चनपुरले बिरोध प्रदर्शन गरेको हो ।

लोसपाले महेन्द्रनगरमा पुत्ला जलाएर बिरोध गरेको हो । लोसपाका प्रवक्ता अम्बा दत्त तिवारीले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । लोक राज भट्ट लोकेशले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै थप आन्दोलनको चेतावनी दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds