दोधारा चाँदनीका वडाध्यक्ष खत्रीको सरसफाई अभियानमा निरन्तरता

दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले वडाको.सरसफाई अभियानलाई निरन्तरता दिदै आएका छन् । संबिद्यान दिवसको अवसर पारेर आज दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले माननिय चोक देखि शिवनगर टोल सम्म झण्डै १ किलोमिटर सडक खण्ड क्षेत्रमा सरसफाई अभियान सम्पन्न गरेका छन् । वडाध्यक्ष खत्रीले प्रत्येक सातामा वडामा रहेका मुल तथा शाखा सडकहरुमा सरसफाई कार्यक्रम संचालन गर्दै आएका छन् । सडक छेउछाउमा उम्रेका झाँडी र फोहर सरसफाई गर्ने कार्यमा स्थानियहरुले तदारुक्ता देखाउदै आएका छन् । वडाको सरसफाईलाई मध्यनजर गर्दै सरसफाईलाई अभियानकोरुपमा वडाध्यक्ष केशव खत्रीले संचालन गर्दै आएका हुन् ।

वडाबासीको स्वास्थ्य, सरसफाई तथा हरियाली संगै सडक दुर्घटना न्युनिकरण गर्न समेत सरसफाई अभियान अघि बढाईदै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । वडामा रहेको मुल सडक खण्ड तथा शाखा सडकहरुमा वडाध्यक्ष खत्रीको अगुवाईमा सरसफाई कार्यक्रम संचालन हुदै आएको हो । ‘वडामा रहेको सबै सडकहरुमा चरणबद्धरुपमा सरसफाई गर्ने कार्यक्रम रहेको छ्’ वडाध्यक्ष खत्रीले भने । वडालाई सफासुग्घर संगै सडक दुर्घटना न्युनिकरण गर्न सडकहरु सरसफाई कार्यलाई अघि बढाईएको उनको भनाई रहेको छ् ।

सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, बागेश्वरी असल शासन युवा क्लब (बास नेपाल), स्थानियहरु तथा सुरक्षित संजाल दोधारा चाँदनीका प्रतिनिधीहरु सहभागी रहेका छन् । वडामा संचालन गरिदै आएको सरसफाई अभियानमा सबैले सहयोग गर्दै आएको वडा कार्यालयले जनाएको छ् । बागेश्वरी असल शासन युवा क्लब (बास नेपाल) दोधारा चाँदनीका उपाध्यक्ष वर्षा साँउदले वडाध्यक्षले बिना बजेट स्फुर्तरुपमा संचालन गर्दै आएको सडक सरसफाई अभियान उत्साहित तथा प्रशंनिय रहेको बताएका छन् ।

उपाध्यक्ष साँउदले दोधारा चाँदनी नगरपालिकाका सबै वडामा यस्ता खाले अभियान गर्दै जानु पर्ने बताएका छन् । ‘स्वच्छ, सफा र सुन्दर सहर, वडाबासीको रहर’ नारा सहित संचालन गर्दै आएको साताब्यापी सरसफाई कार्यमा सहभागी हुन समेत सबैमा वडा कार्यालयले अनुरोध गर्दै आएको छ् ।

ताजा समाचार

This will close in 10 seconds