रोकिएन बडुवाल टोलमा मानव र वन्यजन्तु बिच द्वन्द्व

पप्पु गुरुङ्ग, दोधारा । छिप्पिदो साँझ । हातमा टर्चलाइट र लौरो लिएर घरवरीपरी घुम्छन् दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बल बहादुर सुनार । खुट्टामा गमबुट । साँझको खाना खाने बित्तिकै उनलाई हतार हुन्छ, घर नजिक हात्ती आउछ कि भनेर । उनि रातीको समयमा सानो आवाज सुन्यो कि होहल्ला गर्दै जान्छन् । उनको रात यसरीनै कट्छ, अचेल पनि । घर नजिक भारतिय जंगलमा वन्यजन्तुको आवाजले उनि मात्रै हैन, बडवाल टोलबासी त्रसित छन् । भारत संग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास छाएको छ् । उनिहरुको दैनिकी रातीको समयमा हात्ती धपाउनैमा बित्छ् । बडुवाल टोल भारत संग जोडिएका सिमा बस्तीहरुमा केही मानिस माथी आक्रमण गर्ने हात्ती घुम्दै आएका खबर छ् ।

बिगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्धन्द्ध सुरु भईरहेको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगल संग जोडिएको नगरपालिका हो । बिगतमा दोधारा चाँदनीलाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ । २०५५ दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् । स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् । स्थानीय महाबिर क्षेत्री भन्छन् ‘जंगली हात्तीको आक्रमण त्रास बढ्दै गएको छ्’ दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ३, ५, ७, १० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगल संग जाडिएको बस्ती जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने बाध्य भएका छन् ।

‘अरु काम छाडेर कसरी बाँच्ने भन्ने उपाय खोज्नु परेको छ्’ बडवाल टोलका स्थानिय लक्ष्मी राना भन्छन् । सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको उनको गुनासो छ् । जंगली जनावर नियन्त्रणका लागि तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तर कार्यक्रम सञ्चालन गरिरहेका छन् । बडवाल टोलमा सोलार फेन्सीङको बिग्रीएपछि हात्तीको बथान बस्तीमा पस्ने क्रम जारी छ् । समुदाय स्तर कार्यक्रममा क्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ् । निकुञ्जले बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि हात्ती लगाएतका जंगली जनावारहरु गाँउ बस्तीमा बस्ने क्रम बढेको हो । बिद्युतीय तारवार नभएर प्रभावहिन बनेका दोधारा चाँदनी नगरपालिकाका भारत संग सिमा जोडिएका बस्तीहरु जंगली हात्तीको आतंक बढेपछि स्थानीयहरु नराम्रो संग प्रभावित बन्दै आएका हुन् । केही महिना अघि मात्रै संघिय सरकारले बडवाल टोलमा ११ स्थानमा सोर्यबत्ती जडान गरेको छ् ।

केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिका कार्यालयले नेपाल राष्टिर्‍य समाज कल्याण संघ (एनएनएसडब्लुए) ले ५० थान टर्चलाईट बितरण गरेको थियो । जुन हात्तीबाट बच्नको लागी उत्तम कार्य हो । भारतिय जंगलबाट आएका हात्तीको हुलले बडवाल टोलमा राती भरी स्थानिय सुत्न नपाएको गुनासो सुन्न पाईन्छ् । लगातार एक महिना देखि हात्तीको बथान बडवाल बस्तीमा पसेर मकै तथा धान वाली नष्ट गर्ने क्रम रोकिएको छैन् । राती ८ बजे नजिक रहेको भारतिय जंगलबाट बडवाल बस्ती भित्रिने हात्तीको समुह बिहान मात्रै धान तथा मकै खेती खाएर जंगल फर्किने गरेको महाबिर क्षेत्रीले बताए । रातीको समयमा हिड्न समेत डर मान्न थालेका छन् । वन जंगलमा घाँस दाउरा गर्न जान समेत समस्या भइरहेको बताएका छन् । हात्ती आउने बित्तिकै गाँउले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटका पडकाउने जस्ता काम गर्दै आएका छन् । हात्तीबाट बच्न गाँउलेहरु समूह बनाएर राती गस्ती समेत गर्दै आएका छन् । दिनभरि नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयबासी निकै त्रसित बनेका हुन् ।

ताजा समाचार

This will close in 10 seconds