बाढी प्रभावित बस्तीमा दोधारा चाँदनीका मेयर उपमेयरको स्थलगत अनुगमन

दोधारा । अबिरल वर्षाको कारण क्षती भएका बस्तीहरुमा दोधारा चाँदनीका मेयर र उपमेयरले अनुगमन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी लगाएत वडाध्यक्ष पदम रावल, बिक्रम चन्दको टोलीले अबिरल वर्षाको कारण प्रभावित भएका बस्तीहरुको अनुगमन गरेको हुन् । दोधारा चाँदनी नगरपालिकाम वडा नं. ४ को थलाल टोलमा वर्षाको पानीले बाटोघाट हिलाम्य भएको र उक्त स्थानमा कलभर्ट निमार्ण संग बाटोमा ग्रेबिल हाल्नु पर्ने आवश्यक रहेको भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा सदस्य गगन बहादर सिंहले मेयर र उपमेयरलाई बाटोको अवस्थाको बारेमा जानकारी गराएका छन् ।

बाटोको अवस्था अनुगमन पछि बाटोमा बिद्यार्थी तथा स्थानियहरुको आवागमन बढी रहेको हुदा उक्त स्थानमा रहेको बाटोमा तत्कालै ग्रेबिल हाल्ने दोधारा चाँदनीका मेयर लिम्बुले बताएका छन् । यस्तै बाटोमा कलर्भट हाल्नको लागी नगरपालिकाले केही दिनमा काम सुरु गर्ने बताएका छन् । यस्तै अनुगमनको क्रममा वडा नं. २ को कृष्ण नगर क्षेत्रमा वर्षाको कारण पानी जमेर स्थानियहरुको घर समेत डुवानका पर्दै आएको हुदा उक्त स्थानमा कलर्भट निमार्ण संगै पानी निकासको ब्यवस्थाको लागी स्थानियबसीहरुले मेयर र उपमेयरको अनुगमनको क्रममा माँग राखेका छन् । वडा नं. २ को कृष्ण नगरमा केही मानिसको घर अझै पनि डुवानमा रहेको र तत्कालै पानी निकासाको लागी नगरपालिका कार्यालयले पहल गर्न स्थानियहरुले अनुगमन पुगेका मेयर, उपमेयर संग माँग राखेका थिए ।

दोधारा चाँदनी नगरपालिकामा वर्षाको कारण पानीको निकास नभएको कारण थुप्रै बस्तीहरु डुवानमा पर्ने भएको हुदा आवश्यक स्थानहरुमा कलभर्ट निमार्ण गर्ने, ग्रेबिल हाल्ने काम अघि बढाईने योजना रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । अनुगमन टोलीले महाकाली पक्की पुल क्षेत्र छेउमा निमार्ण हुदै गरेको भौतिक संरचनाको समेत अनुगमन गरेको छ् । जाईका बाँध संग निमार्ण भईरहेको सडक तथा लगाएतका भौतिक संरचनाको अनुगमन तथा स्थानियहरु संग उनिहरुको समस्याको बारेमा मेयर लिम्बु र उपमेयर जोशीले जानकारी लिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds