कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आत्महत्या रोकथामका लागि किशोरी किशोरी एव सरोकारवालासंग अभिमुखिकरण गरेको छ । आइतबार महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आत्महत्या रोकथामका लागि किशोरी किशोरी एव सरोकारवालासंग अभिमुखिकरण गरेको हो । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर कञ्चनपुर प्रहरीले ‘आशा जगाऔँ, जीवन रक्षा गरौँ’ भन्ने मुल नाराका साथ रोकथाम दिवसको अवस पारेर मानिसलाई निरास जिवनबाट बाँच्न नभई खुसीका साथ बाँच्नका लागि आब्हान गरेको छ ।

कार्यक्रममा सरोकारवाला निकायसका प्रतिनिधीले कञ्चनपुरमा आत्महत्या भयाभह भईरहेका बेला प्रहरीले समयमै समेचतना मुलक कार्यक्रम संचालन गरेको बताएका छन । उनीहरुले प्रयासको प्रयास सकारात्मक भएको र प्रहरीकै जस्तो अन्य निकायबाट समेत पहल हुनुपर्नेमा जोडदिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले जस्तोसुकै समस्या आएपनि निर्धकता साथ बाँच्नुपर्ने र निरास नभईकन अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रंशाद अर्यालले निरास र अभाव हुँदैमा आत्महत्याको निर्णय लिनुनपर्ने बताउँदै कुनैपनि समस्याको समाधानबाट हल गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको प्रतिनिधीको सहभागिता रहेको थियो ।







