जनताको सुरक्षा दिने सुरक्षाकर्मी आफै सुरक्षित छैनन्, के को सुरक्षा ?

दोधारा । अबिरल वर्षा संग जगबुडा नदीको आएको बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज र वडा नं. १० स्थित कुतियावकरमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बिस्तापित भएको छ् । लगातारको वर्षा संग जगबुडा नदीमा आएको बाढीको कारण कञ्चनभोज र कुतियावकरमा रहेका सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बिस्तापित भएको सुरक्षा श्रोतले जानकारी दिएको छ् । बाढी आउना साथ पोष्टका सुरक्षाकर्मीहरु हातहतियार, लत्ताकपडा लगाएत समान लिएर सुरक्षित स्थानमा गएको बताईएको छ् ।

अबिरल वर्षको कारण जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्ला, वडा नं. ७ र ८ मा पर्ने रामपुरे टापु, जर्का टोल लगाएत टोल गरि ३० घरमा जगबुडा नदीको पानी घरमा पसेर क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । बाढीको पानी घरमा पसेर घरमा राखेको अन्नपानीमा क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् ।

ताजा समाचार