कञ्चनपुर: आगामी असोज अन्तिम सातादेखि गण्डकी प्रदेशको पोखरामा हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी छनौटका लागि सुदूरपश्चिममा खेलाडी छनौट शुरु भएको छ । र्कैलाली–कञ्चनपुर कर्भडहलमा खेलाडी छनौट प्रतियोगिता शनिबारदेखिशुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिष्दले ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी छनौटका लागि कैलाली र कञ्चनपुरमा खेलाडी छनौट शुरु भएको छ ।

प्रदेशका ९ वटै जिल्लाबाट प्रदेशमा आएका खेलाडीलाई ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि गराउन कञ्चनपुरमा ८ र कैलालीमा १५ खेल छनौटमा परेका छन । छनौट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले उद्घाटन गरेका छन । उद्घाटन गर्दै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्न आब्हान गरेकमा छन । कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष खडकाले कैलालीमा औपचारिक उद्घाटन गरिएको बताए । ‘उता मुख्यमन्त्री ज्यूबाट उद्घाटन गरिएसंगै कञ्चनपुरमा पनि हामीले शुरुवात गरेका छौँ, ‘उनले भने, ‘कञ्चनपुरमा समेत छनौट प्रतियोगिता शुरु गरिएको छ ।’

कञ्चनपुरमा भलिबल, कर्बडी, टेबुलटेनिस, तेकवान्डो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आईटिस तेकवान्डो खेल हुने भएका छन । विभिन्न ८ खेलकुदका ३सय ३३ पुरुष, ३ सय ७३ महिला, १ सय अफिसियल र १सय ४० निर्णायक गरी ९सय ७८ खेलाडी सहितको कञ्चनपुरमा सहभागिता हुनेछन । ‘कञ्चनपुरबाट ३१ खेलका लागि १० खेलका लागि सिधै खेलाडी छनौट भएका छन । जिल्लाबाट ३१ खेलका लागि ४ सय २१ खेलाडी यस अघि नै छनौट भएर प्रदेशस्तरिय छनौट प्रतियोगितामा भाग लिनेछन ।

