निर्माण व्यवसायी संघ कञ्चनपुरका नवनिर्वाचित कार्य समितिको पदभार


कञ्चनपुर :  निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी एव सदस्यको पद्भार तथा सपथ ग्रहण गराईएको छ । १४औँ कार्यकारी समिति चयनका लागि गत भदौँ २५ मा सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यको पद्भार तथा सपथ ग्रहण गराईएको हो । मुख्य निर्वाचिन अधिकृत कृष्णदेव जोशीले निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र हस्तान्तरण गराएका थिए ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष प्रेमप्रकास भट्टले निर्वाचित अध्यक्ष निरन्जन प्रशाद भट्टलाई चाबीमाईन्युट हस्तान्तरण गरेका थिए । शनिबारदेखि नै अध्यक्ष सहितका पदाधिकारी सदस्यले पदभार सम्हालेका छन । पद्भार ग्रहण कार्यक्रममा समेत अध्यक्ष निरन्जन प्रशाद भट्टले संघको संस्थागत हकहितका साथै आम व्यवसायीको अधिकारका लागि काम गर्ने प्रण गरेका छन ।


ताजा समाचार

spot_img