झलारी पीपलाडी उद्योग वाणिज्य संघको सभाहल उद्घाटन


कञ्चनपुर : कञ्चनपुरको झलारीपीपलाडी उद्योग वाणिज्य संघको सभाहल उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल रानाले सभाहल उद्घाटन गरेका हुन । झलारी पीपलाडी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बासुदेव भण्डारीले शुक्लाफाँटा नगरपालिका १० झलारीमा निर्माण भएको सभाहल प्रदेश सभा सदस्य रानाले उद्घाटन गरेको बताए ।

झलारीपीपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउदको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्यामलाल राना प्रमुख अतिथि रहेका थिए । अध्यक्ष साउदले हल निर्माणसंगै संघका कार्यक्रमका लागि सहज हुने बताए । सुदूरपश्चिम प्रदेश सरकार र शुक्लाफाँटा नगरपालिकाको संयुक्त लगानीमा हल निर्माण भएको छ ।


ताजा समाचार

spot_img