दोधारा चाँदनीमा बाढीले ३० घर प्रभावित : मेयर लिम्बु बाढी प्रभावित क्षेत्रमा

दोधारा । जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनी नगरपालिकाको ३० घरमा क्षती पुर्‍याएको छ् । अबिरल वर्षको कारण जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्ला, वडा नं. ७ र ८ मा पर्ने रामपुरे टापु, जर्का टोल लगाएत टोल गरि ३० घरमा जगबुडा नदीको पानी घरमा पसेर क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । बाढीको पानी घरमा पसेर घरमा राखेको अन्नपानीमा क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । किसानले लगाएको धान बाली, उखु बाली, तरकारी समेत बाढीले क्षति पुगेको छ् ।

पटरा खल्ला, रामपुरे टापु, जर्का टोलमा रहेका स्थानियहरुको जगबुडा नदीको पानी घरमा पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत उद्धार टोलीले मानव र पशु चौपायाको उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्लामा रहेको स्थानियहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा राख्ने काम गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापाले बताएका छन् । पटर खल्लामा रहेको ढोले सुनार, गोपाल सुनार, हस्त बहादुर बुढा, बिर बहादुर सुनार, भिम बहादुर सुनार, सरा सुनार, लक्ष्मी सुनार र दुरपटा सुनारको घरमा जगबुडा नदीको पानी पसेर घरमा क्षती पुर्‍याएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापाले जानकारी दिएका छन् । जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि पटरा खल्लाका स्थानियहरुले उद्धारको लागी स्थानिय सरकार र प्रशासनलाई गुहार लगाएका थिए । खबर पाउन साथ दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा जुटेका हुने ।

बाढीको कारण सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) र सुन्दरनगर पोष्ट समेत बिस्तापित भएका छन् । उनिहरु बिद्यालयको शरणमा रहेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ् । जगबुडा नदीमा पानीको बहाव बढ्ने सम्भावनालाई हेर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको एक टोली आज बिहानै देखि महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा निरक्षणमा निस्केको थियो । मेयर लिम्बुले दोधारा चाँदनी नगरपालिका वडा नं. १ (जिरोपाईन्ट) देखि वडा नं. ३ पटरा खल्ला, वडा नं. ७, ८ र १० वडाको तटिय क्षेत्रमा स्थलगत निरिक्षण गरेका हुन् । पटरा खल्ला लगाएत बस्तीका स्थानियहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राख्ने काम भएको दोधारा चाँदनीका मेयर लिम्बुले बताएका छन् । बाढीबाट प्रभावित भएकाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल संग सहकार्य गरि सुरक्षित स्थानमा बसने ब्यवस्था र खानाको ब्यवस्था गरिएको उनले बताएका छन् ।

बाढी आएको बेला उद्धार र उनिहरुको लागी बस्न र खानाको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय तयारी अवस्थामा रहेको मेयर लिम्बुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु उद्धारमा नेपाल प्रहरी । सशस्त्र प्रहरी तथा स्थानियहरु संग उद्धार कार्यमा खटिएका छन् । नदीमा अझै बाढी आउने सम्भाना देखिएको हुदा महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा स्थानियहरु सजग हुन समेत आग्रह गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालको एक टोली पनि दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित बस्तीमा पुगेको खबर प्राप्त भएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds