कञ्चनपुरः अन्र्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी दिपेश धामीले आमाको बार्षिक पुण्यतिथिका अवसरमा अनाथ बालबालिकालाई खेल पोषाक वितरण गरेका छन । प्रशिक्षक, प्रशिक्षणका लागि हाल अमेरिकामा रहनुभएका अन्र्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी धामीले महेन्द्रनगरका अनाथ बालबालिकालाई खेल पोषाक वितरण गरेका हुन । आमा झुपादेवी धामीको दोस्रो बार्षिकतिथिको अवसर पारेर अनाथ बालबालिकालाई ब्याडमिन्टरको चित्र सहित भएको खेल पोषाक वितरण गरेका छन ।

स्व.झुपादेवी धामीका श्रीमान हरक सिह धामीले आफन्तको स्मृतिमा हरेक बर्ष अनाथालयमा सहयोग गर्ने बताएका छन ।‘हामी हरेक बर्ष अनाथालय र महिला तथा बृद्ध आश्रममा केही न केही समाजिक काम गछौँ, ‘उनले भने, ‘अहिले सबै अनाथ बालबालिकालाई खेलकुद पोषाक दिन दिपेशकै सल्लाह अनुरुप वितरण गरिएको छ ।’ ०७७ सालमा हरक सिह धामीकी श्रीमती तथा दिपेश धामीकी ममतामयी आमाको निधन भएको थियो ।

पोषाक वितरण कार्यक्रममा ब्याडमिन्टन संघका पुर्व अध्यक्ष तथा सल्लाहकार गोबिन्द स्वार, प्रमुख अतिथी रहेका थिए । उनले ‘समाजिक कार्य गरी खेलाडी धामीले राम्रो संकेत दिएको’ बताए । उनको यो कार्यक्रम नियमीत रहेको र आगामी दिनमा अझै अन्य असहाय बालबालिकाहरुलाई पनि सहयोग प्रदान गर्न पाए यसले अझै राम्रो सन्देश जाने’ प्रमुख अतिथी स्वारले बताए ।

त्यसैगरी उक्त कार्यक्रममा खेल प्रेमी, व्यवासी, राजनितीकर्मी, अनाथालयका पदाधिकारी, शिक्षक, महिला अगुवा सहित घर परिवारको उपस्थिति रहेको थियो । चर्चित ब्याडमिन्टन खेलाडी दिपेश धामीले खेल पोषाक दिएसंगै अनाथ बालबालिका हर्षित भएका छन । हाल उनि अमेरिकामा रहेका छन् ।






