कञ्चनपुर : नेपाल दुरसञ्चार प्राधीकरणले एमडिएमएस प्रणाली लागु गरे सँगै महेन्द्रनगरमा एमडिएमएस प्रणालीको केक तथा दिप प्रज्वलन गरी स्वागत गरिएको छ । महेन्द्रनगरमा रहेका मोवाइल व्यवसायीहरुले भेटघाट चौतारीमा दिप प्रज्वलन गरेका हुन्। अवैध रूपमा नेपालमा भित्रिने गरेको तथा भन्सार छलेर कारोवार भइरहेको अवस्था छ । नेपाल दुरसञ्चार प्राधीकरणले एमडिएमएस प्रणाली लागू गरे सँगै यसले सरकारको आयमा वृद्धि गर्ने छ ।

बजारमा अवैध रुपमा भित्रीने मोबाइलहरू अब एमडिएमएसप्रणाली जाने भएका हुन् जुन मोबाइल एमडिएमएस दर्ता भएका छन् ति मोबाइलमा सिम चल्ने र एमडिएमएस मा दर्ता नभएकालाइ दर्ता प्रक्रियामा लगिने छ । विदेशी तथा आफन्तले अब नेपालमा मोबाइल पठाउदा एमडिएमएसमा अनिवार्य रुपमा दर्ता गर्नु पर्ने छ । यसले नेपाल मा अबैध रुपमा भित्रीने गरेका मोबाईलको कारोबार लाई नियन्त्रण गर्ने छ । यहाँका स्थिानीय मोबाइल व्यवसायीहरुले एमडिएमएस प्रणलीको खुलेर स्वागत गरेका छन् । जसले गर्दा भारतिय बजार बाट अवैध रुपमा आउने मोबाइल रोकिएर नेपाली बजारको मोबाईल विक्री हुने विश्वास लिएका छन् ।







