कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरबाट ठुला राजनीतिक दलले पुरानै नेता सिफारिस गरेका छन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यस अघि जितेका हारेका, संसददेखि मन्त्री भएकै नेता पुन सिफारिस भएका छन ।
काँग्रेसले क्षेत्र नम्बर १मा यस अघि ०७० मा दोस्रो संविधान सभा सदस्य निर्वाचित दिवान सिह विष्टलाई एकल सिफारिस गरेको छ । माओवादी केन्द्रले पनि ०७४ मा निर्वाचित पुर्वखानेपानी मन्त्री बिना मगरलाई एकल सिफारिस गरेको छ ।

नेकपा एमालेले ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर प्रदेशको आर्थिक मामिलामन्त्री भईसकेका तारालामा तामाङ्ग, बिर बहादुर थापा(पालत), खेम सुवेदीलाई सिफारिस गरेको छ । सुवेदी र थापा विशुद्ध यस अघि कुनै राजकीय पदमा नबसेका पुराना नेता हुन । नेकपा एकीकृत समाजवादीले यस अघि पुनर्वास नगरको नेतृत्व गरिसकेका जिवनराज थापालाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले ०७० मा दोस्रो संविधान सभा सदस्य निर्वाचित तथा पुर्व सिँचाईमन्त्री भईसकेका एनपी साउद सहित तीन जनालाई सिफारिस गरेको छ । काँग्रेस कञ्चनपुरका निर्वतमान सभापति हरि प्रशाद बोहरा र नेता प्रेम बलायरलाई सिफारिस गरेको छ । बोहरा र बलायरले अहिलेसम्म राजकीय पद धारण गरेका छैनन । नेकपा एमालेले पनि ०७४मा निर्वाचित संसद नर बहादुर धामीलाई पुन सिफारिस गरेको छ । संसद धामीसंगै युवा संघ नेपालका पुर्व अध्यक्ष बचन बहादुर सिह पनि सिफारिस छन । सिह नयाँ अनुहार हुन । नेकपा माओवादी केन्द्रले उक्त निर्वाचन क्षेत्रबाट यस अघि ०७४ मा प्रदेश सभा सदस्य भएका महेश दत्त जोशी सहित तीन नेतालाई सिफारिस गरेको छ । नवराज ऐर र चन्द्रकान्त भट्ट(सिके) नयाँ अनुहार हुन । उनीहरु दुवै जना नेता विद्यार्थी पृष्टभूमिका हुन । समाजवादीले उक्त निर्वाचन क्षेत्रबाट बीर बहादुर बुढाथोकी र माधव पन्तलाई सिफारिस गरेको छ । बुढाथोकी र पन्त दुवै नेता नयाँ हुन ।

निर्वाचन क्षेत्र ३ बाट काँग्रेसले पुरानै नेता सिफारिस गरेको छ । ०७० मा निर्वाचित भएर पुर्व भौतिक मन्त्री भईसकेका नेता रमेश लेखक सहित तीन जनालाई सिफारिस गरेको छ । लेखकसंगै प्रेमसिह विष्ट र गणेश नेगीपनि सिफारिस भएका छन । नेगी र विष्ट त्यागी नेताकै रुपमा परिचित छन । उनीहरु दुवैले राजकीय पद लिएका छैनन । एमालेले समेत संसद भईसकेकै नेताहरुलाई सिफारिस गरेको छ । ०७४मा निर्वाचित डा. दिपक प्रकास भट्ट र ०७४ मै समानुपातिक संसद निरुदेवी पाललाई सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले समेत यस अघि शिक्षा राज्यमन्त्री भईसककै नेता उर्वादत्त पन्तलाई सिफारिस गरेको छ ।

चारै ठुला राजनीतिक दलले पुरानै नेतालाई दोहो¥याएपछि पार्टीभित्र आन्तरिक कलह चुलिएको छ । युवा पुस्ता असन्तुष्ट भएका छन । जति चुनाव आए उतिमै पुरानै नेता सिफारिस भएको भन्दै नेताहरु रुष्ट देखिएका छन । ठुला दलबाट पुरानै नेता सिफारिस भएपनि साना दलबाट नयाँ अनुहार आउने अपेक्षा गरिएको छ । नेता कार्यकर्ताको आँकाक्षा अनुरुप नयाँ पुराना सिफारिस भएको दलका नेताहरुले बताएका छन ।






