परियोजनाबाट सहयोग पाएपछि आरान पेशामा रमाउदै चन्द्र लुहारको घरपरिवार

दोधारा । उमेरले झण्डै ६७ वर्ष पुगे दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलका चन्द्र लुहार । उनी आज भोली बिहान सबेरै देखि साँझ अबेर सम्म आरनमै भेटिन्छन् । सानै देखि आरन पेशा रोजेका उनी ढल्कादो उमेर भएपनि आफ्नो कर्मलाई निरन्तरता दिदै आएका छन् । धेरै गाँउ छाडे । कोही रोजगार बने कोही भौंतारी रहेका छन् । रोजगारको खोजीमा देश विदेशनै पुगे । तर उनी आफ्नै पेशाको थोरै आम्दानीबाट रमाई रहेका छन् । उनी र धर्मपत्नी उनका एउटै आरनमा बिभिन्न सामग्री बनाउदै आएका छन् । २० वर्षको उमेर देखि यो पेशा अंगालेका चन्द्र लुहारले अझै यही पेशामा रमाई रहेका छन् । जग्गाको नाउमा उनको घर बनाएको मात्रैको जग्गा छ् । छोराहरु भारतमा ज्याला मजुरी गर्छन् । आरान पेशा गरेरै घर चालाउछु भन्दै आएका लुहार दम्पती यस पटक नेपाल सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत आरान पेशाको लागी आधुनिक औजार पाए संगै पेशामा निखार आएको उनिहरु बताउछन् ।

घरेलु तथा माँगजोग गरेका औजारले आरान संचालन गर्दै आएका लुहार दम्पत्तीलाई परियोजनाले दिएको आरान संचालनको औजार उनीहरुको आम्दानीनै परिवर्तन गरिएको छ् । लामो समय देखि गाँउ, बस्तीका खुकुरी, कोदालो, हँसिया, कुटो, कोदालो, खुकुरी लगाएत औजारहरु निमार्ण गर्ने, पाईन लगााउदै आएका चन्द्र लुहारलाई नेपाल सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले आरन संचालनको लागी आधुनिक औजार दिएको हो । परम्परागतरुपमा आरान संचालनको लागी औजार प्रयोग गर्दै आएका लुहारले विभिन्न किसिमका भाडाकुडा औजार बनाउने, हसिया, खुकुरी बनाउने पुर्खाले गरेको काममा संस्थाले दिएको आधुनिक औजारले निखार ल्याएको बताएका छन् । ‘संस्थाले आरन संचालनको लागी आधुनिक औजार दिए संग आम्दानीको श्रोत ह्वात्तै बढेको छ’ चन्द्र लुहार भने– ‘पहिला मैले बनाएको हसिया, भाडाकुडाहरु त्यत्ती राम्रा हुदैनथे, अब संस्थाले आरन संचालनको लागी आधुनिक औजार दिए संग मैले उत्पादन गरेको सामग्रीमा निखार आएको छ् ।

ग्राहकहरु ह्वात्तै बढेको छ् ।’ आज भोली हसिया, खुकुरी, भाडाकुडी बनाउन तथा खरिद गर्न घरमै ग्रहाकहरु पुग्ने गरेको लुहार बताउछन् । धेरै जसो नगद रकममा हसिया, खुकुरी, भाडाकुडी बनाउने गरेको र केही चाही बालिघरे काम गर्दै आएको उनि बताउछन् । आज भोली दैनिक ५ सय देखि १ हजार नगद रकम कमाउने गरेको चन्द्र लुहारका धर्मपत्नी जयन्ती लुहार बताउछन् । अहिले आएर आम्दानीको गतिलो श्रोत आरन पेशा बनेको उनि बताउछन् । ‘नेपाल सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले आरान संचालनको लागी आधुनिक औजार दिए संगै हाम्रो आम्दानी एक्कासी बढेको छ् । चन्द्र लुहारलाई आरान काममा उनका धर्मपत्नी जयन्ती लुहारले सघाएका छन् । ‘अहिले आएर आरन कामबाट दैनिक रकम आउन थालेपछि जयन्ती मख्खै छन् । घरमा अहिले आएर नुन, तेल, बच्चाहरुलाई कापी कलम किन्न समस्या छैन्’ जयन्ती लुहारले भने । पछिल्लो समय आरन पेशामा युवाहरुको आकर्षण घट्दै गएको बेला उनले यही पेशाबाट राम्रै आम्दानी लिएका छन् । आफ्नो पेशालाई आधुनिक तथा व्यवसायिक बनाउदै लैजाने हो भने रोजीरोटीका लागि बिदेश भौंतारीनु नपर्ने लुहारका परिवाहरु बताउछन् । खुकुरी, कोदालो, हँसिया, कुटो, कोदालो, खुकुरी लगाएतका विभिन्न कृषि औजार उनले उत्पादन गरेका छन् ।

उनले उत्पादन गरेका सामग्री वडाका बस्तीहरुमा बिक्री हुदै आएको छ् । नेपाल सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने गरिब तथा अतिबिपन्न घरपरिवारका लागी उनिहरुको जिवन स्तर उकास्न बिभिन्न खाले सहयोग गर्दै आएको नेपाल सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजक्ुमार सुनारले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds