कञ्चनपुरका तीन संघीय सिट बाँडफाँडमा सहमती

क्षेत्र १ बाट बिना मगर गठबन्धनकी साझा उम्मेदवार


कञ्चनपुर: आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलविच सिट बाँडफाँडमा सहमती भएको छ । ३ संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा १ नेकपा माओवादी केन्द्र र २ नेपाली काँग्रेसले पाउने सहमती भएको छ । माओवादी केन्द्रले क्षेत्र १ र काँग्रेसले क्षेत्र २ र ३ पाउने सहमती भएको नेताहरुले बताएका छन । पाँच दलिय सत्ता गठबन्धनको बैठकबाट १ माओवादी केन्द्रलाई , २ र ३ काँग्रेसलाई दिने सहमती भएको हो ।

माओवादी केन्द्रले क्षेत्र १बाट पार्टी पोलिट्ब्यूरो सदस्य तथा पुर्वमन्त्री बिना मगरलाई एकल सिफारिस गरेको छ । उक्त निर्वाचन क्षेत्रबाट गठबन्धनका तर्फबाट माओवादी नेतृ संघीय चुनाव लड्ने निश्चित भएको छ । क्षेत्र २ र ३ मा काँग्रेसका तीन नेता सिफारिस भएका छन । क्षेत्र २ बाट पुर्वमन्त्री समेत रहेका एनपी साउद, निर्वतमान काँग्रेस कञ्चनपुर जिल्ला सभापति हरि प्रशाद बोहरा, नेता प्रेम बलायर र क्षेत्र ३बाट पुर्वमन्त्री रमेश लेखक, गणेश सिह नेगी सिफारिस भएका छन । क्षेत्र २बाट साउद र ३बाट रमेश लेखकले टिकट पाउने पक्कापक्की भएको नेताहरुले बताएका छन ।

गठबन्धन भएसगै पाँच दलका नेता कार्यकर्ताहरुले एकढिक्का भएर पार्टीको निर्णय शिरोधर्य गर्दै चुनावमा होमिने बताएका छन । संघका ३ सिट बाँडफाँडमा सहमती गरेको गठबन्धनले प्रदेशका ६सिटमा समेत गठबन्धन गर्ने तयारी रहेको छ । समाजवादीले २, माओवादीले ४ र काँग्रेसले ५ प्रादेशिक निर्वाचन क्षेत्रमा दावि गरेको छ ।


ताजा समाचार

spot_img