कञ्चनपुर : आर्थिक मामिला मन्त्री माननीय प्रकाश रावलले आफ्नो कार्यकालमा कञ्चनपुरको विकासको लागि निकै ठुलो फड्को मारेका छन् । वहाँले कञ्चनपुरको विकासको लागि विभिन्न स्थानमा विभिन्न शिर्षकमा बजेट छुट्याउनु भएको छ ।

रावल आर्थिक मामिला तथा मन्त्री भएपछि राष्ट्रिय समाचार समितिको भवन निर्माणको लागि रु पच्चिस लाख बजेट छुट्याइएको थियो । जुन निर्माण भएर भाद्र २९ गते बुधबार उद्दघाटन समेत भएको छ । त्यसैगरी युबाबर्ष मा.वि. तिलकेनीको दुईकोठे नबनिर्मित भवनको एक कार्यक्रम बिच प्रदेश सरकार आर्थिक मामिला मन्त्री रावलबाट समद्वघाटन भएको छ । जसको लागत रकम रु. उन्नाईस लाख रहेको छ । बेदकोट नगरपालिका वडा नम्बर ८ मा रहेको चुरे मुलपानी कृषि सहकारी संस्था लिमिटेडको नयाँ भवन निर्माणको सिलन्यास भएको छ । जसको लागत रकम रु. पच्चीस लाख रहेको छ । बेतकोट नगरपालिका वडा नम्बर ८मा गैलनदीमा रहेको श्री बैजनाथ मा.बी.को नबनिर्मित ४ कोठे भवनको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रावलबाट समुद्वघाटन भएको छ । जसको लागत रकम रु अठ्तीसलाख रहेको छ। यसरी सुदूरपश्चिमको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार लागि परेको छ ।

आर्थिक मामिला मन्त्री रावलले ‘विकासको लागि आफु कुनै कसर नछोडने बताए ।’ शिक्षा, स्वास्थ्य, र कृषिलाई प्राथमिकतामा राखि बहुवर्षिय योजना कार्यक्रम बनाएर विकास गर्ने लक्ष्य लिएको मन्त्री रावलले बताए ।







