चालु शैक्षिक सत्रभित्रै विद्यालयमा टहरामुक्त भवन निर्माण गछौँ : प्रअ ढाँट


कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धि गर्ने घोषणा गरेका छन । शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडी स्थित सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ गोविन्द बहादुर ढाँटले चालु शैक्षिक सत्र भित्रै विद्यालयमा टिनका टहरा मुक्त विद्यालय निर्माण गर्ने घोषणा गरेका हुन ।

बुधबार ५८ औँ राष्ट्रिल बाल दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा प्रअ ढाँटले टहरा मुक्त विद्यालय निर्माण गर्ने, हरेक कक्षा कोठामा शौचालय निर्माण गर्ने, कक्षा कोठामै शुद्ध खानेपानी पाईपलाईन विस्तार गर्ने, शैक्षिक गुणस्तर बृद्धि गर्ने घोषणा गरेका छन । ‘मैले शैक्षिक भौतिक स्तर बृद्धि गर्दै विद्यालयमै मुहार फेर्छु, ‘प्रअ ढाँटले भने, ‘त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीयले स्रोत व्यवस्थापन गरिदिनुपर्छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले विद्यालयको बृद्धि विकासका लागि नगरपालिकाबाट सहयोग गर्ने बचन दिदै गुणस्तरिय शिक्षामा जोडदिए । मेयर महराले ईमान्दारितापुर्वक विद्यालय नियमित संचालन गर्दै उत्कृष्ठ गुणस्तरिय नजिता ल्याउन समेत निर्देशन दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिक बोहराको अध्यक्षतामा भएको कार्यक्तममा शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा सहित जनप्रतिनिधी, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो । झण्डै तीन बर्ष अघि विद्यालयमा प्रअ ढाँटले नेतृत्व गरेसंगै विद्यार्थी संख्या समेत बृद्धि भएको छ । प्रअ ढाँटले नेतृत्व गर्नु अघि अढाईसय मात्रै विद्यार्थी रहेको विद्यालयमा हाल झण्डै साढे ६सय विद्यार्थी अध्ययनरत रहेका छन । आगामी शैक्षिक सत्रमा हजार विद्यार्थी संख्या पु¥याउने र प्राविधिक धार तर्फका कक्षा संचालन गर्ने योजना रहेको प्रअ ढाँटले बताए । प्रअ ढाँटले विद्यालयमा नेतृत्व गरेपछि अभिभावक हर्षित र विद्यार्थी लाभान्वित भएका छन ।


ताजा समाचार

spot_img