कञ्चनपुर कर्भडहलमा ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी छनौट प्रतियोगिता हुने


कञ्चनपुर : आगामी असोज अन्तिम सातादेखि गण्डकी प्रदेशको पोखरामा हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी छनौटका लागि कञ्चनपुर कर्भडहलमा खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिष्दले ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी छनौटका लागि शनिबारदेखि कैलाली र कञ्चनपुरमा खेलाडी छनौट गर्ने भएको छ । प्रदेशका ९ वटै जिल्लाबाट प्रदेशमा आएका खेलाडीलाई ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि गराउन कञ्चनपुरमा ८ र कैलालीमा १५ खेल छनौटमा परेका छन । छनौट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले जिल्लाबाट प्रदेशका छनौट भएका खेल मध्ये कञ्चनपुरमा ८ खेल हुने बताए । अध्यक्ष खडका अनुसार भलिबल, कर्बडी, टेबुलटेनिस, तेकवान्डो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आईटिस तेकवान्डो खेल हुने भएका छन ।

‘३१ भदौँदेखि नै तेकक्वान्डो प्रतियोगिता संचालन गछौँ, ‘अध्यक्ष खडकाले भने, ‘अन्य खेलकुद प्रतियोगिता १ असोजदेखि गछौँ ।’ विभिन्न ८ खेलकुदका ३सय ३३ पुरुष, ३ सय ७३ महिला, १ सय अफिसियल र १सय ४० निर्णायक गरी ९सय ७८ खेलाडी सहितको कञ्चनपुरमा सहभागिता हुनेछन । ‘कञ्चनपुरबाट ३१ खेलका लागि १० खेलका लागि सिधै खेलाडी छनौट भएका छन, ‘अध्यक्ष खडकाले भने, ‘बाँकी खेलमा प्रतिस्पर्धा हुनेछ ।’ जिल्लाबाट ३१ खेलका लागि ४ सय २१ खेलाडी यस अघि नै छनौट भएर प्रदेशस्तरिय छनौट प्रतियोगितामा भाग लिनेछन । कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले छनौट प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको बताए ।

‘औपचारिक रुपमा शनिबारदेखि हुने प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको छ, ‘उपाध्यक्ष गिरीले भने, ‘हामीले प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौटका लागि जिल्लामा आवश्यक सबै तयारी पुरा गरिसकेका छौँ, अब छनौट गर्न मात्रै बाँकी हो ।’ प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट हुने खेलाडीलार्ई प्रतिदिन २ हजारका दरले भत्ता उपलब्ध गराईने कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपादत्त भट्टले बताए । ‘हामीले हरेक खेलाडी, अफिसियल र निर्णायकलाई निश्चित रकम भत्ता उपलब्ध गराउँछौँ, ‘उनले भने, ‘यातायात सहित भत्ता दिने हो, त्यही रकमबाट खेलाडीले व्यवस्थापन गर्छन ।’ प्रादेशिक स्तरबाट खेलाडी छनौट प्रतियोगितामा कञ्चनपुरमा झण्डै हजारकै हाराहारीमा खेलाडी सहितको गतिबिधीले एक प्रकारको खेलकुद प्रतियोगिताले व्यवसायी क्षेत्रमा गतिबिधी बढाउने भएको छ ।


ताजा समाचार

spot_img