कञ्चनपुर : अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बेलौरी नगरपालिका १०नम्बर वडाको भेला सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच नेकपा माअोवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बेलौरी १०को भेला सम्पन्न भएको हो ।

नेकपा माओवादी कञ्चनपुरका नेता एव निर्वाचन क्षेत्र १(ख) प्रचार प्रसार समिति संयोजक राजेन्द्र प्रशाद जोशीले क्रान्तिकारी महिला संगठनको वडा भेला सम्पन्न भएको बताए । प्रचारप्रसार समिति संयोजक जोशीका अनुसार मोहिनी चौधरीको अध्यक्षतामा ६५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा कमिटि विस्तार भएको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य दिपा चौधरीको प्रमुख आथित्यमा भेला भएको थियो । भेलामा माओवादी केन्द्रका नेता एव महिला नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।







