अक्टोबर पहिलो साताबाट २०२२ का ईपिएस उत्तीर्णहरु कोरिया जान पाउने


धिरेन्द्र भट्ट/कंचनपुर : सन् २०२२ मा कोरियन भाषा(ईपीएस) उत्तीर्ण गरेकाहरुले अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने भएका छन्। अबको १ महिना भित्रको समयावधि देखी नयाँ ईपीएस उत्तीर्ण कामदारहरु कोरिया जान थाल्नेछन्। रोजगारदाताले पठाएको सम्झौता पत्रमा कामदारहरुले हस्ताक्षर गरिसकेका छन्। अहिले कोरोना महामारीका कारण २०१७ देखी २०२१ भित्रमा कोरिया जान नपाएका कामदारहरू गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार कामदारहरूले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि भिसा आउने र कोरिया जान पाउनेछन्। पुराना कोरिया जान कामदारहरुका लागी शाखाले भदौ ३१ गतेसम्म आवस्यक कागजात बुझाउन आह्वान गरेको छ। कागजात बुझाए संगै शाखाले लागि असोज ३,४ र ५ गते हवाई उडान तालिका सार्वजनिक गरेको छ। उनिहरु गइसकेपछि सन् २०२२ मा ईपीएस उत्तीर्णहरुको कोरिया जाने प्रक्रिया सुरु गरि अक्टोबरको पहिलो साताबाट कोरिया जान पाउने शाखाको भनाई छ। ‘रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत ४६.२० डलर समेत जम्मा गर्नुपर्नेछ । दक्षिण कोरिया पुगिसकेपछि क्वारेन्टाईन बस्नु पर्दैन ।

तर, कोभिड जोखिम वीमा गर्नुपर्नेछ । कामदारको सम्झौता अवधि ५ वर्षको हुनेछ । सन् २०२२ को इपीएस परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार १४२ जनाले पास गरेका छन् । भने कृषि तथा पशुपालन क्षेत्रतर्फ एक हजार १०८ जनाले पास गरेको ईपीएस कोरिया शाखाले जनाएको छ,’ इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए। हाल विश्वमा ईपीएस मार्फत कामदार पठाउने सुचिमा नेपाल दोश्रो नम्बरमा रहेको छ। कटवालका अनुसार अबको केहि बर्षमा नेपाल सबैभन्दा बढी कामदार पठाउने सुचीमा प्रथम स्थानमा रहनेछ।


Loading Viewer...

ताजा समाचार

spot_img