कञ्चनपुर : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कञ्चनपुरले जिल्ला अधिवेशन शुरु भएको छ । युवाहरुलाई एकजुट गराउने उदेश्यका साथ कञ्चनपुर जिल्लाका युवाहरुकाे बाक्लाे उपस्थितिमा कार्यक्रम सञ्चान भएकाे थियाे । कञ्चनपुरकाे हाेटल ओपेरामा सञ्चालन भएको अधिवेशनमा जिल्लामा रहेका राष्ट्रिय प्रजातान्त्रिक पाटीका नेतागणकाे पनि उपस्थिति रहेकाे थियाे ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कन्चनपुरको जिल्ला अधिवेशन कमलेश सिंह ठकुरीको अध्यक्षतामा शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र केन्द्रीय सह प्रवक्ता पुर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य हिक्मत सिंह भण्डारी, केन्द्रीय सदस्य नन्दा देवी जोशी, पुर्व केन्द्रिय सदस्य दशरथ जोशी, प्रदेश सदस्य तथा महिला संगठन जिल्ला अध्यक्ष हेलन श्रेष्ठ, लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । करन सिंह पालले कार्यक्रम सञ्चालन गरेका छन्।







